मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज प्रादेशिक महोत्सवमारामजी खाँडको गीतमा झुमे दर्शक, सन्तोष पन्त धेरैपछि स्टेज शो
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज २१ फाल्गुण ः नेपालगन्ज ः नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सडक डिभिजन परिसर, कारकादोमा सुरु भएको प्रादेशिक महोत्सव २०७५ को तेश्रो दिन दर्शकका लागि बिशेष बन्यो ।
    लोकगायनका क्षेत्रमा चर्चित गायक रामजी खाँडले महोत्सवका दर्शकहरुलाई खुबै नचाए । बृद्धबृद्धादेखि किशोर किशोरीहरु नाँचे । खाँड सहित नयाँ पुस्ताकी चर्चित गायिका सिर्जना खत्री हाउडे माया, अनिता चलाउनेले दर्शक नचाईन ।
    नेपाल टेलिभिजनबाट धेरे पहिले प्रशारण हुने चर्चित कार्यक्रम हिजोआजका मुख्य पात्र सन्तोष पन्त प्रादेशिक महोत्सवमा झुल्किए । सम्भवत निकै समयपछि स्टेज कार्यक्रममा झुल्किएका पन्तले दर्शकलाई छोटो समयमै मिठो प्रस्तुती दिए । उनलाई आयोजकका तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले स्वागत र सम्मान गरे ।
    बुधवार महोत्सवमा चर्चित गायक राजेशपायल राई सहभागि हुँदै छन् । त्यस्तै प्रकाश सपुतको बिशेष प्रस्तुती हुने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र बिक्रम शाहले जानकारी दिए ।
    फाल्गुण १९ गतेदेखि शुरु भई २९ गतेसम्म आयोजना हुने महोत्सवमा सास्ंकृतिक कार्यक्रमका साथै स्थानीयदेखि राष्ट्रिय उत्पादन बिक्रीका लागि तीन सय बढि स्टल राखिएको प्रचार प्रसार समितिका संयोजक टंक धामीले जानकारी दिए ।

  • २१ फाल्गुन २०७५, मंगलवार १९:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित