मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगिता शुरु
  • मार्गरेखा संवाददाता

  • फागुन २१ मगलवार
    नेपालगञ्जमा आजदेखि प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगिता २०७५ शुरु भएको छ । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा मंगल प्रसाद माविमा जारी प्रतियोगिताको उद्घघाट्न खेलमो वेष्टजोन मावि नेपालगन्ज ६ विकेटले विजयी बिजयी भएको छ ।
    खेलमा टस जितेर व्याटिग गरेको सरस्वतीले १२ ओभरमा १०५ रन बनाएको थियो । उसका लागि प्रथी ठाकुरले ४२ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।वेष्टजोनका बलर प्रथी पौडेलले २ बिकेट लिए ।
    जबाफी व्याटिगमा आएको वेष्टजोनले ११ ओभर ४ बलमा ४ विकेट गुमाएर विजयी लक्ष्य भेटायो । उसका लागि शिल्पा बिकले २७ बलमा ७ चौका मद्दतले ४९ रन बनाइन भने अब्रिन अधिकारीले २० रन योगदान गरिन् । सरस्वतीका बलर दिपा पुन मगर ले ३ बिकेट लिइन् ।
    प्रतियोगिता बुधबार मंगल प्रसाद र युनाइटेड तथा सिद्धार्थ र आदर्श माबी भिड्ने छन् । प्रतियोगितामा १४ माविका महिला टिम सहभागी रहेको छ ।
    प्रतियोगिताको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवल शमशेर राणाले बलिङ उपप्रमुख उमा थापा मगरले ब्याडिङर राष्ट्रिय क्रिकेट खेलाडी नेरी थापाले किपिङ गरि प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोश्रो हुनेलाई २० हजार रुपैयाँ लगायतका पुरस्कार दिइने अध्यक्ष दुर्ष वहादुर थापाले जानकारी दिनुभयो ।

  • २१ फाल्गुन २०७५, मंगलवार १९:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित