मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अप्रेशनबाट दुईवट कार्यालयका कर्मचारी घुससहित पक्राउ
  • मार्गरेखा संवाददाता

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अप्रेशनबाट दुईवट कार्यालयका कर्मचारी घुससहित पक्राउ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अप्रेशनका क्रममाबुधबार दुईवट कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारको बुटवलस्थित कार्यालयबाट गएको टोलीले नेपालगञ्जस्थित दुईवटा सरकारी कार्यालयबाट दुईजनालाई घुससहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा एकजना नेपालगञ्ज भन्सार कार्यालयका नायब सुब्बा र अर्का क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत रहेका छन् । यी दुवैलाई अख्तियारको टोलीले घुस लिँदा लिँदै पक्राउ गरेको हो ।

    अख्तियारको टोलीले नेपालगञ्ज भन्सार कार्यालयका नायव सुब्बा लक्षमण चन्दलाई उनको कार्यालयबाटै ५२ हजार घुससहित पक्राउ गरेको छ ।

    त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पुगेको अख्तियारको टोलीले त्यहाँका एकजना अधिकृत विनोदकुमार श्रीवास्तवलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

    अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार सरकारी कार्यालयमा थालिएको स्टिङ अप्रशेनका क्रममा दुवैजना पक्राउ परेका हुन् । अख्तियारले केही समययता जनसम्पर्क बढी हुने कार्यलयमा अनुसन्धान अधिकारी पठाएर घुस, ढिलासुस्ती र अन्य लेनदेनमाथि कडा निगरानी राख्न थालेको छ ।

  • २२ फाल्गुन २०७५, बुधबार १५:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित