मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रदेश नम्वर ५ का साँसद भुवनेश्वर थारुको घरमाअभद्र शैलिमा छापामारेको भन्दै बर्दिया काँग्रेस द्धारा कारवाही गर्न
  • मार्गरेखा संवाददाता

  • अभद्र शैलिमा घरमा छापामारेको भन्दै बर्दिया काँग्रेस द्धारा कारवाही गर्न माग

    दुर्गा आचार्य
    बर्दिया, फागुन २२ । प्रदेश नम्वर ५ का साँसद भुवनेश्वर थारुको बढैयाताल गाउँपालिका वडा नम्वर ६ मैनापोखरमा रहेको घरमा प्रहरीले अभद्र शैलिमा छापा मारेको भन्दै बर्दिया काँग्रेसले कारवाहिको माग गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएका सादा पोशाकका प्रहरीले अभद्र शैलीमा छापा मारेको भन्दै दोषीलाई तत्काल कारवाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय बदिैयामा प्रेस विज्ञप्ती बुझाएको छ । साँसद पत्नी सरिता थारु एक्लै घरमा सुतिरहेको अवस्थामा सीआईडीहौ भन्दै ७—८ जना प्रहरीहरुले राती सवा १० बजे जवरजस्ती ढोका खोल्न बाध्य वनाई घरको कोठाहरु खानतलासी गरेको पिडित पक्षको आरोप छ ।
    नेपाली काँग्रेसका तर्फबाट साँसद रहेका थारुको घरमा छापा मारिएको घटनालाई लिएर नेपाली काँग्रेस बर्दियाले अराजक, अलोकतान्त्रिक, अमानविय तथा अभद्र गतिविधि नगर्न आग्रह गरेको छ । नेपाली काँग्रेस बर्दियाका कार्यवाहक अध्यक्ष मिश्रीलाल यादवले घटनामा संलग्न दोषी उपर तत्काल कारवाही गर्न माग गरेका छन् ।
    अपराधमा संलग्न रहेको एकजना आरोपीत ब्यक्ती त्यस क्षेत्रमा लुकेर बसेको भन्ने गोप्य सूचनाका आधारमा ४—५ वटा घरमा छापा मार्ने क्रममा सांसदको घर पनि पर्न गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए । उनले भने महिला मरेर झाडीमा फालिएको अवस्थाको गम्भीर केशमा अपराधी पत्ता लगाउने क्रममा सादा पोशाकका प्रहरीबाट केही घरहरुमा छापा मारिएको वताए ।
    सांसदको घर भनेर कुनै सुनियोजित रुपमा खानतलासी नगरेको उपरिक्षक मैनालीले जानकारी दिए । सांसदको घर भनेर कुनै सुनियोजित रुपमा तर्साउन खानतलासी नगरेको उपरिक्षक मैनालीको भनाई छ । प्रहरीले अनुसन्धानका क्रममा सांसदको घरमा गरेको खान तलासीले पुर्याएको चोट प्रति आफूपनि दुःखीत भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए । उनले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तत्काल कारवाही गर्ने प्रतिवद्धता गरेका छन ।

  • २२ फाल्गुन २०७५, बुधबार १९:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित