मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्दको गाउँबाट प्रहरीले ठूलो संख्यामा हातहतियार र बिस्फोटक पदार्थ बरामद
  • मार्गरेखा संवाददाता

  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्दको गाउँबाट प्रहरीले ठूलो संख्यामा हातहतियार र बिस्फोटक पदार्थ बरामद गरेको छ ।

    कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढी अञ्चलपूर स्थित नेकपा कार्यकर्ता दुर्गाबहादुर रोकाको घरबाट एसएमजी २ थान, त्यसमा लाग्ने म्यागेजिन ३ वटा, त्यसका गोली ६८ थान, एन १६ हतियारका १ सय २९ वटा गोली, चाईनिज पेस्तोल १ थान, म्यागेजिन पेस्तोल २ थान, रिमोट १ थान, वायरिङ तार ४० मिटरलगायतका हतियार र बिस्फोटक सामग्री बरामद गरेको हो ।

    त्यस क्रममा प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता घाइते भएको कपिलवस्तुका प्रहरी प्रमुख अच्युतमप्रसाद पुडासैनीले जानकारी दिए ।

    प्रहरी को टोली गाउँमै रहेकाले पूरा विवरण आइनसकेको उनले बताए । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वमा गएका ३ टोलीले स्थानीय १५ भन्दा बढी घरमा छापा मारेको थियो ।

    विप्लवका भतिज यादव चन्दको घरमा प्रहरीको विशेष टोलीले बिहीबार बिहान सर्च अपरेशन गरेपछि केहीबेर तनाव सिर्जना भएको हो ।

    प्रहरीले छापा मार्ने क्रममा गर्दै गर्दा स्थानीय बासिन्दा प्रतिकारमा उत्रिँदा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका छन् ।
    बिहीबार बिहान ३ बजे पूर्व पश्चिम राजमार्गभन्दा ३ किलोमिटर दक्षिणमा रहेको शिवगढी गाउँमा पुगेको प्रहरी टोलीले घेरा हालेर स्थानीय घरहरुमा छापा मारेको थियो ।

    शिवगढी गाउँमा विप्लवको आधार ईलाका रहेको र हतियार समेत निर्माण गर्ने थलोका रुपमा प्रहरीले यसअघिदेखि नै निगरानी बढाएको थियो ।

    प्रहरीले विप्लवका अरु धेरै नेता र कार्यकर्तालाई पक्राउ गर्ने योजना बनाए पनि स्थानीय विद्यालयका विद्यार्थीहरुले विरोध गर्दै आन्दोलन गरेपछि एकजनालाई मात्रै पक्राउ गरेको प्रहरी श्रोतले बताएको छ ।

    स्थानीय विद्यार्थीहरुले प्रहरीलाई घेरा हालेर नाराबाजी गरेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलबाट फिर्ता आएको छ ।

  • २३ फाल्गुन २०७५, बिहीबार १२:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित