मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा जारी प्रादेशिक महाेत्सवमा नारी दिवशको अवसरमा टिकट महिलालाई बिशेष छुट
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज २३ फाल्गुण ः नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना भइरहेको प्रादेशिक महोत्सव २०७५ नेपालगन्जमा बिहिवार गायिका मेलिना राईको गीतमा दर्शकहरु नाँचेका छन् । त्यस्तै अछाम निवासी सज्जन धामीका देउडा गीतले महोत्सव तताए ।
    ‘म त गाउँकी गोरीरे, गोजीमा दाम छैन, रिटिङ्ग रिटिङ्ग , तीन बर्षमा एक मैनानी गाँउमा नआउनी’ जस्ता गीत गाएर राईले दर्शकलाई नचाएकी
    थिईन ।
    त्यसैगरी पछिल्लो समयका चर्चित हाँस्यकलाकार पोख्रेली धुर्मुस, डेउडा गायक सज्जन धामी लगायतले समेत उत्कृष्ट प्रस्तुती दिएका थिए । फाल्गुण १९ गतेदेखि सुरु भएको महोत्सव २९ गतेसम्म सन्चालन हुने छ । महोत्सवका चौथो दिन बिहिवार दर्शकहरुको उत्साहजनक सहभागिता भएको प्रचार प्रसार उपसमिति संयोजक टंक बहादुर धामीले जानकारी दिए । महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै ब्यापार व्यवसाय पनि बढेको प्रचार समिति उपसंयोजक चिरञ्जीवी ओलीले बताए ।
    नारी दिवश समेत परेकोे शुक्रबार भोली ख्यातीप्राप्त कलाकारहरु महोत्सवमा सहभागि हुँदै छन् । पशुपति शर्मा, यम बराल,कला लम्साल,म्याक्सीम खाती सहभागि हुँदै छन् । आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले नारी दिवशको अवसरमा टिकट महिलाहरलाई बिशेष छुट दिने भएको छ ।

  • २३ फाल्गुन २०७५, बिहीबार १९:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित