मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङमा स्लो वाइक प्रतियोगीता
  • मार्गरेखा संवाददाता


  • दाङ, २५ फागुन ।
    दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना शनिवार गरीएको स्लो वाइक प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा मिनराज महरा प्रथम, सिवलाल वली द्धितीय, भिमसेन डाँगी तृतीय भएका थिए । त्यस्तै महिलाहरु तर्फ ममता विष्ट प्रथम, विष्णु थापा द्धितिय भएका थिए । प्रतियोगीतामा करिव ४ दर्जनको सह भागिता रहेको थियो । प्रतियोगीतामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्राविधिक सहयोग गरेको थियो ।
    प्रतियोगीता उद्घाटन कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवम संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य मंहासघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी)को विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहभागिहरुले यस प्रकारको प्रतियोगीताले दुर्घटना न्युनिकरणमा सहयोग मिल्ने बताएका थिए । उनीहरुले संघले रचनात्मक कार्य गरेको भन्दै रचनात्मक कार्य लाइ निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका सई नन्दलाल पोख्रेल, डा.लोकराज पराजुली लगाएतकाले वोल्नु भएको थियो । संघका उद्योग उपाध्यक्ष एवम कार्यक्रम संयोजक वसन्त जोसीको स्वागत मन्तव्य वाट सुरु भएको सहजिकरण संघका सचिव माया पोख्रेलले गरेकी थिइन ।
    हाजिरी जवाफ प्रतियोगीता सम्पन्न
    यसैविच दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा संघमा आवद्ध वस्तुगत समिती विच हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा गल्ला तथा किराना व्यवसायि समिती प्रथम, प्लाष्ट्रिक व्यवासायिक समिती द्धितीय र फेन्सी व्यवसायि समिती तृतीय भएका थिए । प्रतियोगीतामा ८ वटा विषयगत समितीहरुले भाग लिएका थिए । प्रतियोगीताका विजेताहरु लाई संघको साधारण सभामा पुरस्कृत गरीने कोषाध्यक्ष शुसिल पोख्रेलले जानकारी दिए । प्रतियोगीता उद्घाटन कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी)को प्रमुख आतिथ्यतामा एवम संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएकोे थियो । कार्यक्रममा सहभागिहरुले यस प्रकारको क्रियाकलापले व्यवसायिहरु लाई व्यवसायि गर्दा समेत सहयोग पु¥याउने बताएका थिए । कार्यक्रममा संघका पुर्व अध्यक्ष रामदयाल गुप्ता लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रमको वारेमा संघका उद्योग उपाध्यक्ष तथा कार्यक्रम संयोजक वसन्त जोसी जानकारी गराएका थिए । संघका वाणिज्य उपाध्यक्ष टंकसिह वुढाथोकीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सचिव माया पोख्रेलले गरेकी थिइन । संघले आफनो साधारण सभाको अवसरमा विभिन्न प्रकारका प्रतियोगीता आयोजना गरेको जनाएको छ । शनिवार वाट कार्यक्रम सुरु भएका छन् । संघको साधारण सभा आउदो चैत ९ गते हुदै छ ।

  • २५ फाल्गुन २०७५, शनिबार १९:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित