मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा मिलमा सल बेरिएर एक महिलाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • बाँकेमा  मिलमा सल बेरिएर एक महिलाको मृत्यु

    बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।

    फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिए ।

    शनिबार साँझ धान कुटाउने मिलको धुरामा उनले ओढेको सल बेरिएपछि दुर्घटना भएको प्रहरी निरीक्षक विकेले बताए ।

    सल बेरिएर मिलको पट्टामा अल्झिन पुगेकी थारूको घटनास्थलमै मृत्यु भएको थियो ।

     

  • २६ फाल्गुन २०७५, आईतवार १३:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित