मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सिके राउतसँग जनमत संग्रहको सहमति भएको छैन गृहमन्त्री रामबहादुर थापा बादल
  • मार्गरेखा संवाददाता

  • काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने सहमति नभएको स्पष्ट पारेका छन् । आइतबार संसद बैठकमा सांसद्हरुले जनमत संग्रह गराउने सहमति भएकोबारे प्रश्न गरेपछि जवाफमा गृहमन्त्री थापाले सो स्पष्टिकरण दिएका हुन् ।

    ‘स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने कुनै सहमति भएको छैन,’ गृहमन्त्री थापाले भने, ‘जनमत संग्रहकाे सहमित भएको छ भनेर भनियो भने त्यो ११ बुँदे सहमति विपरित हुन्छ ।’ केही सांसदले बाह्य दबावमा परेर सहमति गरेको त होइन भन्ने प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री थापाले सहमति गर्न कुनै दबाव नआएको बरु सहमतिपछि दबाव दिन खोजेको महसुस भएको बताए ।

    शुक्रबार ११ बुँदे सहशमति भएपछि मधेसमा स्वतन्त्र मधेसका लागि जनमत संग्रह गर्न सरकार तयार भएको भन्दै राउतका कार्यकर्ताहरुले दिपप्रज्जवलन नै गरेका थिए ।

  • २६ फाल्गुन २०७५, आईतवार १४:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित