मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसका धेरै नेताले हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि नैतिक समर्थन राप्रपाका अध्यक्ष कमल थापा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – राप्रपाका अध्यक्ष कमल थापाले कांग्रेसका धेरै नेताले हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि नैतिक समर्थन गरेको बताए    ।

    राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको मुद्दालाई लिएर मेची–महाकाली स्वभिमान यात्रामा निस्केका राप्रपाका अध्यक्ष थापाले सोमबार बिहान नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै हिन्दु राष्ट्र पुनर्स्थापनाको आन्दोलनमा कांग्रेसका ‘ठूलै नेता’ ले आर्थिक सहयोग गरेको खुलासा गरेका छन् ।

    अध्यक्ष थापाले भने, ‘राप्रपाले चैत्रदेखि सुरु गर्ने हिन्दु राष्ट्र पुनस्र्थापनाको संघर्ष तेस्रो जनआन्दोलनको रुपमा परिणत हुने बताए ।

    राप्रपाले चैत्रदेखि सुरु गर्ने जनसंघर्षमा पार्टीमात्रै नभएर हिन्दु राष्ट्र पक्षधर सबैको सहभागिता हुने र त्यसले सडकबाटै सरकारलाई संविधान संशोधन गर्न बाध्य तुल्याउने थापाले बताए ।

     

    अध्यक्ष थापाले सरकार र सिके राउतका बीचमा भएको सहमतिको भाषा अस्पष्ट र विवादास्पद भएकाले यस विषयमा सरकारले छिट्टै आफ्नो धारणा सार्वजनिक गर्न आव्हान गरे ।

     

     

  • २७ फाल्गुन २०७५, सोमबार १०:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित