मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बदिँयाका किशोरीद्वारा बालबिवाह रोक्ने प्रतिबद्धता
  • मार्गरेखा संवाददाता

  •  

    सोम गुरुङ , बर्दिया ३० फागुन ÷ बाल विबाह न्यूनीकरणका लागी जिल्ला स्तरीय अन्तरपुस्ता सम्वाद कार्यक्रममा गुलरिया नगरपालिकाका किशोरीहरू, अभिभावक तथा बाल क्लवका प्रतिनिधिहरु बालविवाह रोक्न प्रतिबद्ध भएका छन् । गुलरिया नगरपालीका स्तरीय बाल संरक्षण समीतीको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक)को सहयोगमा गुलरिया नगरपालीकामा भएको अन्तर पुस्ता कार्यक्रममा अभिभावक, बालसंरक्षण समितीका पदाधीकारी , बाल क्लवका र किशोरीहरुलाई बालविवाह न्यूनीकरण सम्बन्धि अन्तरपुस्ता संवाय कार्यक्रममा बालबिवाह रोक्ने प्रतिबद्धता जनाएका हुुन ।
    किशोरीहरू तथा अभिभावकहरुलाई बालविवाह न्यूनीकरणमा स्थानीय सरकार तथा अभिभावकको भुमीका के के हुने सम्बन्धि अन्तरपुस्ता संवादकार्यक्रम गर्नुुको उद्देश्य बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना का सुपरभाइजर जनक चौधरीले जानकारी दिए । अभिभाबकहरुलाई बालविवाह न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहजीकरण सुशिल चौधरीले वालविवाहबाट हुने असर र अभिभावक हरुले खेल्ने सकारात्मक भुमिकाको वारेमा सहजीकरण गर्नु भएको थियो । स्थानिय तहहरुमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सम्पूर्ण सामाजिक संस्था,प्रहरी, विद्यालय र सबै निकायसंग समन्वय र सहकार्य गरि सबै वडाहरूमा अभियानको रुपमा अघि बढ्ने र यस पालिकालाई नमुना वनाउनका लागी बालविवाह रोक्नु पर्ने हाल यस नगरपालीकामा ३ वर्षको तथ्याङक हेर्दा १५१९ बाल विवाह भएको गुलरिया नगरपालिकाकी उपमयर तथा बालसंरक्षण समितीका संयोजक तथा अन्तरपुस्ता संवाद कार्यक्रमका प्रमुख अतिथी सुशिला गिरीले बताउनुभयो । त्यसतै आउदा दिनहरुमा कोहि वालबालीकाहरु विद्यालयवाट वंन्चित नहुने र यसको लागी सबैले सचेत नागरीकको भुमिका निर्वाह गर्नु प्रर्ने र सम्पुर्ण बालवालीका वालश्रममुक्त हुनुपर्ने जिल्ला स्तरीय किशोरी संजालका अध्यक्ष दिक्षा गीरीले बताइन । त्यस्तै बालविवाह न्यूनिकरणका लागी अभिभाब शिक्षा अनिवार्य रुपमा संचालन गनुपर्ने नगरपालीकाका योजना शाखा प्रमुख मुकुन्द सुवेदीले बताउनु भयो ।
    हाल बढैयाताल गाउँपालिका, राजापुर नगरपालीका, बारबर्दिया नगरपालीका र गुलरिया नगरपालीकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याक नेपालका कार्यक्रम अधिकृत किशोर चौधरीले बताएका छन । अन्तरपुस्ता संवाद कार्यक्रम अभिभावक , मदरसा क्लब, बाल क्लव र पत्रकार गरी ४० जनाको सहभागीता रहेको थियो ।

  • ३० फाल्गुन २०७५, बिहीबार १८:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित