मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उपभोक्तालाई सचेत गराउदै ठग व्यवसायीलाई कडा कारबाही गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले उपभोक्तालाई सचेत गराउदै ठग व्यवसायीलाई कडा कारबाही गर्नुपर्ने बताउदै   जिल्लामा अनुगमन गर्ने निकाय र उपभोक्ता हितका सवालमा काम गर्नेहरुका बीचमा समन्वय, सहकार्य हुन नसकेको बताइन् ।

    सो कुरा शुक्रबार    विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगञ्जमा र्‍याली, अन्तरक्रिया मा बताएकी हुन।

    बाँकेका  प्रमुख जिल्ला अधिकारी मदन भुजेलले  स्थानीय तहले बजार अनुगमनलाई खासै महत्व नदिएकोे उल्लेख गर्दै  सबै मिलेर उपभोक्तालाई ठगिनबाट रोक्नु पर्ने बताए ।

    बाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल,  उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतमले उपभोक्ता अधिकार र कानूनका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

  • १ चैत्र २०७५, शुक्रबार १५:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित