मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

२०७६ सालको दशैं र तिहारको भाइटीका कुन दिन
  • मार्गरेखा संवाददाता

  • २०७६ सालको दशैंको टीका असोज २१ गते परेको छ । तिहारको भाइटीका र गोवर्धन पूजा कात्तिक १२ गते एकैदिन परेको छ ।

    २०७६ सालको तोयनाथ पञ्चाङ्ग पात्रो अनुसार साउन २० गते नागपञ्चमी र ३० गते रक्षा बन्धन अर्थात जनैपूर्णिमा छ ।

    हरितालिका तीज भदौ २६ गते छ ।

    यसैगरी असोज १२ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ । १८ गते शनिबारको दिन फूलपाती परेको छ । २१ गते मंगलबार टीका र २६ गते आइतबार कोजाग्रत पूर्णिमा छ ।

    गोवर्धन पूजा र भाइटीका एकैदिन

    कात्तिक ८ गतेबाट दोस्रो ठूलो चाड तिहार सुरु हुने छ । कात्तिक ८ गते यमदीप दान गरेपछि ९ गते शनिबार काग तिहार, १० गते कुकुर तिहार, ११ गते लक्ष्मी पूजा परेको छ ।

    १२ गते गोवद्र्धन पूजा र भाइटीका एकैदिन परेको छ । तोयनाथ पञ्चाङ्ग पात्रोका प्रकाशक सूर्यनाथ पन्तले अनलाइनखबरसँग भने, ‘२०७६ सालमा गोवद्र्धन पूजा र भाइटीका जुधेको छ । कतिबेला गोवद्र्धन पूजा गर्ने र कतिबेला भाइटीका लगाउने भन्ने कुरा चाहिँ पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गर्छ ।’

    २०७६ सालको कात्तिक १६ गते छठ पर्व परेको छ । यस्तै फागुन ९ गते महाशिवरात्री र २६ गते होली पूर्णिमा परेको छ ।

  • १ चैत्र २०७५, शुक्रबार १५:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित