मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भ्रष्टाचार बिरुद्धको चौथो राष्ट्रिय युवा सम्मेलन आज नेपालगन्जमा सम्पन्न
  • मार्गरेखा संवाददाता

  • बास नेपालगन्जको मुख्य आयोजना, एक्सनएड नेपाल नेपालगन्ज, युएनडिपी नेपाल र एकाउन्टविलिटी ल्याबको सहयोग तथा सहकार्य तथा विभिन्न गैर सरकारी संस्था तथा निकायहरुको आयोजनामा सो सम्मेलन सम्पन्न भएको हो ।
    सम्मेलनमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्ण हरी बाँस्कोटाले युवाहरुलाई भ्रष्टाचार बिरुद्धको अभियानमा रोल मोडेल भएर काम गर्न अनुरोध गरेका छन् । युवाहरुलाई कसरी सकारात्मक काममा लगाउने भन्ने बिषयमा सरकारले योजना बनाएर जानु पर्नेमा उनको जोड थियो । उनले भ्रष्टाचार बिरुद्धका सम्मेलनहरुले युवाहरुलाई सुशासन बहालीमा क्रियाशिल भएर लाग्न उत्प्रेरणा थप्ने बताए । कार्यक्रममा बोल्दै कार्यक्रममा बिशिष्ट अतिथि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले सबै निकाय तथा संघ संस्थाहरुले आफुले गरेका काम तथा योजनाहरुलाई पारदर्शि गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय भ्रष्टाचारको डरलाग्दा तथ्यांकहरु बाहिर आएकाले भ्रष्टाचार जस्तो रोगलाई निको पार्न युवाहरुले लाग्नुपर्नेमा उनको जोड थियो । उनले देशमा फैलीरहेको कालो धनलाई नियन्त्रण गर्न लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले भ्रष्टाचार नियन्त्रण गर्न स्वयम् जनता जागरुक हुनु पर्ने बताए । उनले नेपालगन्ज उपमहानगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउन लागि परेको बताए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सेभ द चिल्ड्रेनका प्रोगा्रम अप्रेसन्स डाईरेक्टर बिरेन्द्र ठगुन्ना, एक्सनएड नेपाल नेपालगन्जका प्रमुख बिष्णु प्रसाद शर्मा, गैरसरकारी संस्था नेटवर्क बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष आशिष बर्मा, नेपालगन्ज उद्योग बाणिज्य संघका उपमहासचिब तारा रोकाया लगायतले कार्यक्रममा मन्तब्य राखेका थिए । सम्मेलन पूर्ब नेपालगन्जको बिपि चौकबाट भ्रष्टाचार बिरुद्धको ¥याली शुरु भई धम्बोझि चौक हुदै विनायक गेष्ठ हाउसको हलमा सम्मेलनमा परिणत भएको थियो ।
    देशभरीका ४०० बढी युवाहरुको सहभागिता सम्पन्न सम्मेलनले जारी गरेको ८ बुदें नेपालगन्ज घोषणा पत्रमा तपशिल बमोजिमका बुधाहरु समाबेस गरिएका छन् ।
    १. भ्रष्टाचार बिरुद्ध शुन्यसहनशिलता बिकास गर्न हामी सहमत छौं ।
    २. बिभिन्न सँघ, सँस्था तथा निकायहरुबाट जिल्लाहरुमा सञ्चालन गरिने कार्यक्रम तथा अभियानहरुको खर्च कार्यक्रममैं सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
    ३. समृद्ध नेपाल, खुसी नेपालीको मूख्य ध्येयका साथ अघि बढेको नेपाल सरकारलाई प्रतिबद्धता बमोजिम सुशासन प्रत्याभुत हुने गरि कार्य गर्न जोडदार माग गर्दछौं ।
    ४. सम्पूर्ण स्थानीय सरकारलाई सुशासन स्थापनार्थ सामाजिक जवाफदेहिताका संयन्त्रहरु (सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, जनगुनासो निवारण) लागु गर्न माग गर्दछौं ।
    ५. सम्पूर्ण गैसस, अगैससहरुलाई नियमित सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण गर्न जोडदार माग गर्दछौं ।
    ६. सूचनाको हक सम्बन्धि ऐन—२०६४, नियमावलि—२०६५ को प्रचलन, प्रबद्र्धन गर्दै बढि भन्दा बढि सूचना माग गरि सार्वजनिक निकायलाई जवाफहेहि र पारदर्शि बनाउने अभियानमा आआफ्नो स्थानमा लाग्ने प्रतिबद्धता जाहेर गर्दछौं ।
    ७. युवा नीति—२०६६, संसोधित —२०७२ बमोजिम युवा लक्षित कार्यक्रम सञ्चालन गर्न तीनवटै सरकारलाई अनुरोध गर्नुका साथै स्थानीय सरकारलाई आ—आफ्नो तहमा युवा नीति बनाउन जोडदार माग गर्दछौं ।
    ८. भ्रष्टाचार बिरुद्ध काम गर्ने सरकारी, गैर सरकारी निकायहरुलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

     

  • १ चैत्र २०७५, शुक्रबार २१:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित