मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङका बिपन्न ५० जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण
  • मार्गरेखा संवाददाता

  • बिमल योगी
    दाङ,२ चैत्र । दाङको घोराही उप महानगरपालिका वडा नम्वर ७ ले ५० जना बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री र पोशाक बितरण गरेको छ । वडाले आज शनिवार सौडियारमा एक कार्यक्रमको आयोजना गरी ५० जना बिपन्न बालबालिकालाई सामाग्री बितरण गरेको हो । वडाको चालु आ.व.२०७५÷०७६ का लागि बिनियोजित कार्यक्रम अन्तरगत उनिहरुलाई एक थान झोला,एक जोडा पोशाक,एक पाकेट टडपेन र एक दर्जन कापी बितरण गरिएको हो । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षता तथा घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाग्री बितरण गरिएको हो । प्रत्येक टोलका बिपन्न बिद्यार्थीलाई नियमित बिद्यालय जाने बातावरण बनाउनका लागी शैक्षिक सामाग्री बितरण गरिएको हो । वडा सदस्य सुशिला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा घोराही उप महानगरपालिका मेयर नरुलाल चौधरीले शिक्षाविना मानिसको जिवन अधुरो र अपुरो हुने बताउनुभयो । उहाँले सरकारी बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानिय तहले बिभिन्न कार्य गरिरहेको भन्दै सवैका लागि निशुल्क र सर्वसुलभ शिक्षा आर्जन गर्ने बातावरण बनाउन सवैको भुमिका हुने धारणा राख्नुभयो । सो अवसरमा वडामा रहेको १४ वटा बाल क्लव र सञ्जाललाई पनि एक थान बाकस सहित स्टेशनरी सामान दिइएको थियो । कार्यक्रमको सहजीकरण वडा कार्यालयमा सामाजिक परिचालक बिमल योगीले गर्नुभएको थियो ।

  • २ चैत्र २०७५, शनिबार १२:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित