मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्थानीय तहलाई सुशासन र पारदर्शिता बनाउने विद्यार्थीको प्रतिबद्धता
  • मार्गरेखा संवाददाता

  • बर्दिया ५ चैत्र ÷ बाँसगढी नगरपालिका वडा नं. ५ मा रहेको बाँसगढी बहुमुखी क्याम्पसका विद्यार्थीले आपनो स्थानीय तहमा सुशासन र पारदर्शिता कायम गर्नका लागि सूचना माग गर्ने प्रत्रिबद्धता जनाएका छन् । यूएसआईडी र एफएचआई३६० को सहयोग तथा ईक्वल एक्सेस इन्टरनेशनलको आयोजना भएको मेरो पालिका मेरो चासो अभियानमा आफनो स्थानीय तहलाई सुशासन र पारदर्शिता बनाउने प्रतिबद्धता जनाएका हुन् ।
    जवाफदेहिता र पारदर्शी समाजको स्थापनाका लागि सुचनाको हक सबैको पँहुच बढाउँदै, युवाहरुको अधिकार सुनिश्चित गर्न, सिमान्तकृत समुदायका नागरिकको सहभागिता सुनिश्चित गर्दै निगरानी गर्न सक्षम बनाउन र संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनीधिलाई सार्वजनिक सेवा प्रवाहमा छिटोछरितो बनाउन, सेवाग्राहीप्रति जिम्मेवार बनाउन र युवाको सहभागिता बढाउन मेरो पालिका मेरो चासो अभियान सञ्चालन गरिएको छ ।
    ईक्वल एक्सेस इन्टरनेशनलका आउटरिच एसोसियट भिम बहादुर सार्कीले सहभागि बिद्याथीहरुले स्थानीय तहमा हुने भ्रष्टचार, अनियमितताका बिषयमा आफुहरुको चासो नभए पनि कार्यक्रम पश्चात स्थानीय तहमा हुने बिकास निर्माण देखि लिएर सबै क्षेत्रमा हुने भ्रष्टचार र अनियमितताका बिषयमा चासो राखेका थिए ।
    स्थानीय तहमा सेवा प्रदान गर्ने सेवा प्रदायकहरु र जनप्रतिनिधिहरुलाई थप जवाफदेही जिम्मेवार बनाई स्वच्छ एवं पारदर्शी समाजको निर्माणमा युवाहरुको सहभागिता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा मेरो पालिका मेरो चासो, प्रश्न सोधौँ जवाफदेहिता खोजौँ र आईभिआर नम्बरको बारेमा इक्वल एक्सेस संस्थाका आउटरिच एसोसियट भिम बहादुर सार्कीले जानकारी गराउनु भएको थियो ।
    सो कार्यक्रमा बाँसगढी नगरपालिकाले बालबालिका लक्षित वर्ग, बजट कति प्रतिशत विनियोजन गरेको भनेर आईभिआरमा रेकर्ड गराएका छन् । युवाको लागि के नगरपालिकामा कति बजेट आएको छ ? आफुहरुलाई जानकारी नभएको र आफनो ठाउँमा भौतिक र्निमाण भएको हुन्छन् तर त्यो कसरी परिचालन र पारदर्शी तरिकाले गरेको छन् भनी विद्यार्थी संगिता बिकले कुरा रेकर्ड गराएका छन् ।
    सो अभियान कार्यक्रममा क्याम्पसका प्रमुख ईश्वरी प्रसाद रिजाल साथै सो क्याम्पसमा स्नातक अध्ययन गरिरहेका ३० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीहरुले आई भि आरमा फोन समेत गरी आफनो भनाईहरु रेकर्ड गराएका थिए ।
    पारस्परिक जवाफदेहिता परियोजनाको बारेमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङ्गले बताउनुभएको थियो । कार्यक्रममा सहभागिहरु माझ हाजिरीजवाफ समेत गराईएको थियो । सोही कार्यक्रममा हाजिरी जवाफमा प्रतियोगितामा बिजेता हुने चन्द्रा चौधरी र राजकुमार चौधरीलाई १÷१ वटा टिर्शट समेत प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक सञ्चारकर्मी अनोज थारुले गरेका थिए ।

  • ५ चैत्र २०७५, मंगलवार २०:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित