मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँग्रेसकाेे असन्तुष्ट पक्षले बोलायो जिल्ला सभापतिको भेला
  • मार्गरेखा संवाददाता

  • काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इतर पक्षले एकलौटी रुपमा आफू समर्थक जिल्ला सभापतिहरुको भेला आह्वान गरेपछि पार्टी एकता फेरि एकपकट धरापमा परेको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर ११ जिल्ला सभापतिहरुको मंगलबार काठमाडौंमा बसेको बैठकले चैत २० देखि २५ गतेभित्र दुई दिन भेला आह्वान गर्ने निर्णय गरेको हो ।

    बैठकको अगुवाइ गरेका नुवाकोट जिल्ला सभापित जगदिश्वर नरसिंह केसीका अनुसार भेला काठमाडौं वा सिन्धुपाल्चोकमा आयोजना हुने जानकारी दिए ।

    महासमिति बैठकले केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि नहुने व्यवस्थासहित विधान अनुमोदन गर्न केन्द्रीय कार्यसमितिलाई म्याण्डेट दिए पनि सभापति देउवाले उल्ट्याएपछि पार्टीभित्र पौडेल र कृष्णसिटौला पक्ष रुष्ट बनेको छ ।

     

  • ५ चैत्र २०७५, मंगलवार २०:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित