मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाका समाजसेबी यादवद्वारा न्यानो कंम्बल वितरण
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,माघ,२। जाडोबाट जोगाउन गुलरियाका स्थानीयलाई न्यानो कंम्बल वितरण गरिएको छ । गुलरिया नगरपालिका वडानम्बर—७ निवासी समाजसेवी तथा यादब कंन्ट्रक्सनका प्रोपाईटर अशोक कुमार यादवका बुवा मोतिलाल यादवले माघिको अवसर पारेर २ सय थान कंम्बल वितरण गरेका हुन् । समाजमा रहेर सामाजीक कामको साथसाथै गरिव तथा वृद्धहरुलाई जाडोको समयमा थोरै भएपनि राहत पुगोस भनेर कंम्बल वितरण गरिएको समाजसेवी मोतिलाल यादवले वताए । आफ्नो निजि लगानीबाट गरिव, विपन्न, अपाङ्घ तथा वृद्धहरुका लागि जाडोमा कंम्बल वितरण गरेर सामाजिम सेवाको साथसाथै सामाजिक उत्तरदायीत्व वहन गरेकोमा समाजसेवी मोतिलाल यादवले प्रशंसनिय कार्य गरेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले वताए । असल नियतले सानैचिज दिएपनि त्यो अत्यन्तै ठूलो हुने भएकाले समाजमा यस्ता व्यक्तित्वहरु आफैमा नमूनाको पात्रको रुपमा परिचित हुने नगर प्रमुख यादवले वितरण कार्यक्रममा वताए । हाम्रो समाजमा रहेका गरिब, विपन्न, एकल महिला÷पुरुषलाई जाडोको समयमा कम्बल वितरण गरि पुण्यका साथै सामाज प्रतिको उत्तरदायित्व बहन गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । यस्तो क्रियाकलापले स्थानीय सरकारलाई पनि सहयोग पुगेको प्रजिअको भनाई छ ।

  • २ माघ २०७६, बिहीबार १०:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित