मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर महोत्सव स्थगित, शनिबारदेखी पुन संचालनमा आउने
  • मार्गरेखा संवाददाता

  • कोहलपुर/बाँकेको कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु,
    कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव एक दिनकालागि स्थगित
    गरिएको छ ।

    कोहलपुर वडा नं. १२ का वडाध्यक्षको असामहिक निधनप्रति दुख ब्यक्त गर्दै
    शुक्रबार एक दिन महोत्सवको सम्पूर्ण साँस्कृतीक कार्यक्रम स्थगित गरीएको
    नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले जनाएको छ ।
    महोत्सव मुल समारोह समितिका संयोजक हेम विक्रम जिसीले एक विज्ञप्ती जारी
    गर्दै मृतक खड्का प्रति श्रद्धाञ्जली समेत ब्यक्त गरेका छन ।

    साँस्कृतीक कार्यक्रमका साथै दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै
    महोत्सवका सम्पूर्ण गतिविधि शुक्रबार एक दिनकालागि बन्द गरिएको
    विज्ञप्तीमा उल्लेख गरीएको छ । बिहिबार रातीदेखी परेको अविरल वर्षाका
    कारण महोत्सव स्थल हिलाम्मे भएकाले महोत्सवमा आउने दर्शकहरुको सुविधालाई
    मध्यनजर गर्दै शुक्रबार महोत्सव स्थगित गरिएको महोत्सव आयोजक मुल समारोह
    समितिका संयोजक जिसीले बताएका छन ।
    लगातारको वर्षाले महोत्सव परिसरमा राखिएका स्टल, मञ्च लगाएतका भौतिक
    संरचनामा असर पुग्नुका साथै महोत्सव अवलोकनकर्ताहरुलाई आवतजावतमा समेत
    समस्या देखिएकाले एक दिनकालागि महोत्सव स्थगित गरिएको बताईएको छ ।
    जिसीद्धारा जारी विज्ञप्तीमा शनिबारदेखी महोत्सव महोत्सव समापन
    नहुँदासम्मका सबै साँस्कृतीक कार्यक्रमहरु पुर्व निर्धारित समयमै हुने
    समेत जनाईएको छ ।

    शनिबार प्रमोद खरेल आउने

    चर्चित गायक प्रमोद खरेल शनिबार कोहलपुर महोत्सवमा आउने भएका छन । पुर्व
    निर्धारित तालिका अनुसार शुक्रबार खरेल कोहलपुर आउने बताईएको थियो । तर
    लगातारको वर्षाका कारण महोत्सव प्रभावित भएसँगै खरेलको कार्यक्रम एक दिन
    पछाडी धकेलीएको हो । शनिबार प्रमोद खरेलेको आगमनसँगै महोत्सवको
    साँस्कृतीक कार्यक्रमलाई पुन संचालन गरिने आयोजकले जनाएको छ ।
    महोत्सव आयोजकले शनिबारदेखी सहज रुपमा महोत्सव अवलोकन गर्न सकिने वातावरण
    निर्माण गरीने भएकाले महोत्सवको अवलोकनकालागि आउन सम्पूर्ण जिल्लावासीलाई
    आग्रह समेत गरेको छ ।

  • ३ माघ २०७६, शुक्रबार १४:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित