मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उ.वा. संघको निर्वाचन सम्पन्न मतगणना भाेली
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनको मतदान सकिएको छ । शनिबार बिहान ९ बजेदेखि शुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो ।

    जम्मा ३ हजार ४९ मतदाता रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा २ हजार ९ सय उन्नाईस मत खसेको निर्वाचन आयुक्त टीका जङ्ग शाहले जानकारी दिए । उनका अनुसार मतगणना भोलि सोमबार बिहान ९ बजेबाट शुरु हुनेछ ।

    निर्वाचनमा समावेशी प्यानलको तर्फबाट अध्यक्षमा अब्दुल वाहिद मन्सुरी, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवालको उम्मेदवारी रहेको छ । त्यसै गरी साझा प्रजातान्त्रिक समुहको तर्फबाट अध्यक्षमा ललित रौनियार, उपाध्यक्ष (वाणिज्य) तर्फ अमित श्रेष्ठ र उपाध्यक्ष (उद्योग) तर्फ तपेन्द्र शाहको उम्मेदवारी रहेको छ ।

  • ११ माघ २०७६, शनिबार १९:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित