मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचनमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) अध्यक्ष पदमा निर्वाचित
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचनमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
    शनिबार सम्पन्न निर्वाचनको आज मध्यरातमा सार्वजनिक भएको मत गणनाको अन्तिम परिणाम अनुसार चुन्नाले निकटत्तम प्रतिद्धन्दी ललित कुमार रौनीयारलाक्ष्ई फराकिलो मतान्तरले पछाडी पारेका हुन् ।

    उपाध्यक्ष पदमा उद्योग तर्फबाट आदेश कुमार अग्रवाल निर्वाचित भएका छन् भने बाणिज्य तर्फबाट अमित बस्नेत निर्वाचित भए । बस्नेत पनि पराकिलो मतान्तरसाथ विजयी भएका हुन् ।
    निर्वाचनमा फरक प्यानल बनाएर भिडेका ब्यवसायीहरुले मताधिकार भने मिश्रिात परिणाम सहित पठाएका छन् ।

    अध्यक्ष चुन्नाले समावेशी र प्रतिद्धन्दी रौनीयारले साझा प्यानलबाट निर्वाचनमा सहभागिता जनाएका थिए । उपाध्यक्षमा अग्रवाल समावेशी र बस्नेत साझा प्यानलबाट उम्मेदवार बनेका थिए ।

    १२ जना सदस्यका लागि भएको निर्वाचनमा विजयी हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी बासु, मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंक बहादुर धामी र भिम बहादुर रानाभाट समावेशी प्यानलबाट हुन् ।

    टंक प्रसाद शर्मा, बिन्दु चर्ती मगर, बिष्णु प्रसाद श्रेष्ठ र टेक बहादुर खड्का साझा प्रजातान्त्रिक समुहबाट विजयी भएका छन् । एसोसियट तर्फ संजय अग्रवाल र दिपेन्द्र बिष्ट निर्वाचित भए भने बस्तुगत तर्फ सलाउद्दीन जसगढ निर्वाचित भएका छन् ।

    बस्तुगत सदस्य तर्फकै भिमलाल कंडेल र बद्री श्रेष्ठको बराबर मत आएपछि औपचारिक घोषणामा मत बाझिएको बताइएको छ ।

  • १३ माघ २०७६, सोमबार ०५:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित