मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा सामेल गराउने तयारी स्वरुप नेपालगञ्जमा थालीएको संघर्षमा हुने सम्भावित द्धन्द्धमा सहजीकरण गर्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, माघ १३ गते–बाँके र बर्दियालाई कर्णाली प्रदेशमा सामेल गराउने तयारी स्वरुप नेपालगञ्जमा थालीएको संघर्षप्रति चासो राख्दै सम्वाद समूह बाँकेले सम्भावित द्धन्द्धमा सहजीकरण गर्ने भएको छ ।
    प्रदेश ५ को राजधानी बुटवलका लागि पहल भएपछि नेपालगन्जलाई पूर्णत उपेक्षा गरेको भन्दै पछिल्लो चरण ‘कर्णालीमा गाभिने’ पहललाई तिव्रता दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको पहलमा नगर प्रमुख डा धवल शम्शेर राणाको संयोजकत्वमा १७ सदस्यीय समन्वय समिति गठन गरि राजनीतिक दल, जनप्रतिनीधी लगायतसँगको छलफललाई तिव्रता दिइएपछि समूहले सम्भावित विवाद तथा द्धन्द्ध न्यूनीकरणका लागि सुक्ष्म विश्लेषण सहित सम्वाद सहजीकरण प्रक्रिया शुरु गरेको हो । संघर्षको स्वरुप, सम्भावित सवाल÷बहस र सम्वाद समूहले गर्न सक्ने सहजीकरणका विषयमा सोमबार समीतिका पदाधिकारी तथा सरोकारवालासँग प्रारम्भिक अन्तरसम्वाद गरेको हो ।
    बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने विषयमा जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं बाँके बर्दियाका जनप्रतिनीधीलाई जानकारी दिने, आवश्यक साथ÷सहयोग लीने र योजनावद्ध अभियानकै रुपमा जनतामाझ जाने र सरकार र दलका प्रमुखलाई दवावमुलक ढंगले सम्वोधनको बातावरण बनाउने समीतीको तयारी छ । संघर्षको तयारी अगाढी बढाईरहदा मधेश केन्द्रीत दल, थारु र मुस्लिम समुदायले भने यसको विरोध गरिरहेका छन् । आन्दोलनलाई शान्तिपूर्ण बनाउन अपील गर्दै सम्वाद समूहले आवश्यक सहजकिरणका लागि समेत सम्वद्ध सरोकारसँग सम्वाद गरेको हो । अन्तरक्रियात्मक सम्वादकै क्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाले कर्णालीमा गाभिने मुद्दा राजनीतिक स्वार्थ भन्दा माथि रहेको भन्दै आन्दोलन गर्ने अवस्थै आउन नदिन पनि प्रमुख दलको नेताहरुलाई अपील गर्नु भयो । उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, प्रवक्ता प्रमोद रिजाल, नेकपाका युवा नेता रत्न खत्री, काँग्रेस नेता निजामुद्दिन सिद्दिकी, सुधांसु कोइराला, राप्रपाका ऋषि देवकोटा, अधिकारकर्मी रविन्द्र कर्ण लगायतले कर्णालीमा बाँके बर्दियालाई मिसाइने संघर्षलाई जनता जागृत, शान्तिपूर्ण र सार्थक बनाइने विश्वास व्यक्त गर्नु भयो । संघर्षसँग सरोकार राख्ने अन्य पक्ष र व्यक्तीहरुसँग पनि चरणवद्ध सम्वाद गरिने समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो । बाँके, बर्दियाको समग्र विकास र समृद्धिका लागि बाँके÷बर्दिया कर्णालीमा मसीनुपर्ने माग सशक्त हुँदै आएको छ ।

  • १३ माघ २०७६, सोमबार १९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित