मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले शैक्षिक सुधारका लागि साथ दिन आग्रह
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्जलाई चालु आर्थिकवर्षभित्रै साक्षर नगर घोषणा गरिने बताउनुभएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा सम्वद्ध पदाधिकारीहरुका लागि आयोजित ३ दिने क्षमता विकास कार्यशालाको मंगलबार समापन गर्दै प्रमुख राणाले साक्षर नगर बनाउनका लागि सबैको साथ र सहयोगको आवश्यकता भएकोमा जोड दिनुभयो । राणाले कार्यक्रम अन्तर्गत योजना कार्यान्वयनका लागि बजेट अभाव हुन नदिने बताउनुभयो ।

    कार्यक्रममा उपप्रमुख उमा थापा मगरले कार्यक्रम अन्तर्गत योजना कार्यान्वयनमा पनि सबैको धयान पुग्नुपर्नेमा जोड दिनुभयो । तालिममा सिकेका कुरा ब्यवहारमा लागु गर्न आग्रह गर्दै उहाँले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारमा उपमहानगरपालिकाबाट भईरहेका पहल र प्रयासमा साथ दिन आग्रह गर्नुभयो । सामुदायिक विद्यालय संरक्षणका नाममा खण्डहर बन्न दिइनेछैन, उपप्रमुख थापाले भन्नुभयो,–सुधारको पक्षमा लागौ, समस्याको समाधान खोजौ, विवाद बढाउने होइन । उहाँले यसवर्ष सबैको साथ र सहयोगमा साक्षर नगर घोषणा गर्ने बताउनुभयो ।

    शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख रामसुरेश यादवले अभिभावकलाई साक्षर बनाउन सके मात्रे बालबालिकाको शैक्षिक स्तरमा सुधार ल्याउन सकिने मान्यताका साथ कार्यक्रम सुरु गर्न लागिएको बताउनुभयो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, वडा नम्बर ६ का अध्यक्ष समिरप्रताप सिंह, शिक्षक महासंघका अध्यक्ष बाबुतरुण गौतम लगायतले कार्यक्रमको प्रभावकारिताका लागि सबै पक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो

  • १४ माघ २०७६, मंगलवार २१:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित