मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके जिल्लामा ६ लाख १ हजार ८ सय ७६ जनालाई हात्तीपाइ रोग विरुद्धको औषधि खुवाइँदै
  • मार्गरेखा संवाददाता

  • माघ १५ ।
    यस बर्ष पनि बाँकेसहित १३ जिल्लामा यही माघ २५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ । जिल्लामा क्रियाशील संचारकर्मीहरुसंग आज आयोजित अन्तरक्रियामा यसपटक सहरी क्षेत्रमा पनि औषधि सेवन दर बढाउने गरी तयारी थालिएको शाहले बताउनुभयो । जिल्लाका ६ लाख १ हजार ८ सय ७६ जनालाई औषधि खुलाउन ४ सय ९६ जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वयम् सेविका खटाइने जनस्वास्थ्य अधिकृत अंगत शाहीले जानकारी दिनुभयो ।

    फोकल पर्सन दुर्गा गौतमले आठ वटै स्थानीय तहसंग समन्वय गरेर पालिका स्तरमा स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा औषधि खुवाउने कार्यक्रम रहेको बताउनुभयो । औषधि खान नमान्ने व्यक्तिलाई बुझाउन चुनौति रहेका कारण सेवन दर बढ्न नसकेको गौतमको भनाई छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रदिप रिमालले हात्तीपाइले रोग विरुद्धको औषधि कैयौं बर्षदेखि प्रयोगमा आएपनि गलत बुझाईका कारण सेवन गर्न हिच्किचाउने गरेको बताउनुभयो । उहाँले यही अवस्थामा बाँकेमा अझैं २०७८ सम्म औषधि खुवाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

    इक्वेल एक्सेस नेपालका प्रमुख उपेन्द्र अर्यालले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रममा मिडिया र मिडियाकर्मीको भूमिका अहम् हुुने भन्दै प्रभावकारी मिडिया क्याम्पेनका लागि आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ प्रदेश ५ का महासचिव भेषराज बस्नेतले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रममा मिडियाको साथ रहँदै आएको बताउनुभयो ।

  • १५ माघ २०७६, बुधबार १४:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित