मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बागेश्वरी मन्दिर गुठीको नभई करमोहना गुठी रैतानी जग्गा भएको दाबी
  • मार्गरेखा संवाददाता

  • बाँकेको जानकी गाउँपालिका वडा नं.–३ कर्माेहनाका स्थानीयहरुले आफुहरुले भोगचलन गरिरहेको जग्गा बागेश्वरी मन्दिर गुठीको नभई करमोहना गुठी रैतानी जग्गा भएको दाबी गरेका छन् । केही दिन करमोहना गुठी रैतान जग्गा संघर्ष समितिका नाममा संगठित भई सडकमा आएर लालपुर्जामा वागेश्वरी गुठीको नाम नभएका जग्गाहरुलाई पुनःवागेश्वरी गुठीका नाममा दर्ता गराउने सकारको निर्णय विरुद्ध नाराबाजी गरेका कर्माेहनाबासीले मंगलवार गाउँमै पत्रकार सम्मेलन गरेर जग्गा करमोहना गुठीको भएको प्रष्ट्याउने प्रयास गरे । उनीहरुले आफुहरुसँग भएका प्रमाणहरुमा कतैपनि बागेश्वरी गुठी उल्लेख नभएको र डेढ सय वर्ष पहिलेदेखि नै करमोहना गुठी मार्फत बागेश्वरी मन्दिर सञ्चालनका लागि तिरो तिर्दै आएको बताए ।

    आन्दोलनमा उत्रिएका उनीहरुले पत्रकार सम्मेलन गरि आफुहरुसँग भएको वास्तविक तथ्यका बारेमा जानकारी दिन खोजिएको बताए । पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका प्रवक्ता सन्तकुमार वर्माले सदिंयौंदेखि मन्दिर चलाउन तिरो तिरेको बाहनामा जग्गा नै मन्दिरको हो भनेर झुठो प्रचार भएको गुनासो गरे ।

    बर्माले विभिन्न समयका मिसिल, सनद, अडसठ्ठा र कर तिरेका रसिदहरु देखाउँदै आफ्ना पुर्खाहरुले नयाँ मुलुकका रुपमा बाँके जिल्ला प्राप्त भएको १६ वर्षपछि देखि नै सो जग्गाको भोगचलन गर्दै आएको र त्यसबाफत राज्य र बागेश्वरी मन्दिरलाई तिरो बुझाउँदै आएको बताए । विभिन्न समयमा मालपोतले दिएका सनद र मिसिलहरुमा जग्गा मन्दिरको नभई व्यक्तिको हो भन्ने प्रमाण रहेको बर्माले बताए । उनले १९३६ साल बैशाख ४ मा लेखिएको सनद पढ्दै भने ‘तप्पे कारकादौ मौजे कर्महनाबाट आएको आम्दानीको आधा पुजापर्वका लागिन गद ३४९ बाँके कचहरीबाट लिनु भनेको छ, सोही सनदमा उठेको नगद ३४९ को खर्च विवरण पनि छ । सो सनदमा कहीपनि बागेश्वरी गुठीको नाम उल्लेख छैन ।’

    १९६८ को बाँके मालपोतको अडसट्ठामा ९९ विघा १० कठ्ठा को सिमाना सहित विवरण उल्लेखित रहेकोमा त्यसमा पनि मन्दिरको नामको जग्गा उल्लेख नभएको बर्माले बताए । त्यसपछि २००५ सालको सनद र २०२१ सालको फाँटवारीमा पनि जग्गाको मालिक व्यक्ति नै भएको प्रमाण रहेको र पछि २०२७ सालमा त्यसकै आधारमा लालपुर्जा बनेको उनको दावी छ । पछिल्लो समय वि.सं. २०५७ साल असोज १६ गते मालपोत कार्यालय बाँकेले जारी गरेको टिप्पणी तथा आदेशमा पनि जग्गा ‘गुठी रैतानी नम्बरी जनाउने गरि ठहर छ’ भनिएकोले जग्गा व्यक्तिकै भएको उनको तर्क छ ।

    सरकारले गठन गरेको जाँचबुझ आयोगले स्थानीयहरु सँग बुझ्दै नबुझी प्रतिवेदन तयार गरेको पनि स्थानीयको गुनासो छ । उनीहरुले पुनःसत्यतथ्य बुझी वास्तविकता बाहिर ल्याउन सरकारलाई आग्रह गरे भने सञ्चारमाध्यममा पनि आफुहरुसँग भएका प्रमाणहरुलाई सबै समक्ष ल्याईदिन अनुरोध गरेका थिए ।

  • २२ माघ २०७६, बुधबार १२:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित