मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चप्परगौडिका जनता भन्छन् ‘बाचा पुरा गरेनन् नगर प्रमुख रावतले’
  • मार्गरेखा संवाददाता

  • कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले बाचा पुरा नगरेको कोहलपुर नगरपालिका वडा नं. १२ स्थित चप्परगौडिका जनताले बताएका छन् । स्थानिय तहको निर्वाचनदेखि विभिन्न समयमा नगर प्रमुख रावतले कोहलपुर नगरपालिका १२ पर्ने डुडुवा नालाको तटबन्धन गर्ने प्रतिवद्वता गरे पनि डुडुवा नालाको वडा नं. ११ तिर पर्ने भागको मात्र तटबन्धन गरिरहेकोले आफुले गरेका बाचा बिर्सेको चप्परगाडि बासीको आरोप रहेको छ । कोहलपुर नगरपालिका वडा नं. १२ का खाजेश्वरी तिवारीले नगरप्रमुखले पटक–पटक दुवै तर्फको तटबन्धन गर्ने बाचा गरे पनि अहिले वडा नं. ११ तर्फ मात्र तटबन्धन गरेको भन्दै नगरप्रमुखले झुट बोलेको बताएका छन् । विगतमा क्रिकेट मैदानको छऊमै रहेको सिमलको रुखबाटै बाग्ने डुडुवा नालाले हालसम्म आफ्नो दुई कठ्ठा जग्गा मासेर घरसम्मै पुग्न लागेको बताउँदै अब दुवै तर्फ तटबन्धन नबनाए घरपनि जान्छी कि भनेर आफु चिन्तित बनेको बताएका छन् । ‘एकैपटक दुवै तर्फ तटबन्धन गर्ने बजेट धेरै लाग्छ तर थोरै भए पनि दुवै तर्फबाट तटबन्धनको काम सुरु गर्नुपर्छ’ उनले भने ‘दुवै तर्फको भागलाई डुडुवा नालाको कटानबाट बचाउने हो भने नालालाई सिधा बनाउनुपर्छ ।’ तिवारीक ा अनुसार नाला घुमाउरो भएकाले कहिलै कतै कटान गर्छ भने कहिलै कतै कटान गरिहेको जानकारी दिँदै समयमै ध्यान नपु¥याए डुडुवामा बनेको पुलहरुपनि भत्किने बताएका छन् । स्थानिय सरकारले आफ्नो घरबास र जमिनको संरक्षण गर्न पहल गनुपर्ने माग कोहलपुर–१२ की तारा ज्ञवालीले गरेकी छिन् । उनले डुडुवाको एकतर्फ मात्र तटबन्धन गरे आफ्नो घरबास नै डुडुवाले लिने भन्दै तत्काल दुवै तर्फ तटबन्धन गर्न आवश्यक रहेको बताउँछिन् ।
    कोहलपुर नगरपालिकाका नगरप्रमुख तथा कोहलपुर नगर विकास समितिका अध्यक्ष् ा लुट बहादुर रावतले दुवै तर्फ तटबन्धन गर्न नगर विकास समिति तयार रहेको बताएका छन् । साथै उनले आफुले दुवै तर्फ तटबन्धन गर्ने बाचा पुरा गर्न तर्फ लागि रहेको जानकारी दिँदै वडा नं. १२ तिरको भागमा तटबन्धन गर्नका लागि नगरविकास समितिले टेन्डर खोलिसकेको र केहि समय भित्र काम सुरु हुने प्रतिवद्वता जनाएका छन् । नगर प्रमुख रावतका अनुसार जनताको सुरक्षित घरबास बनाउने सरकारको दायित्व भएकोले तत्काल वडा नं. १२ तिरको तटबन्धनको कार्य सुरु हुने जानकारी दिएका छन् । साथै उनले वडा नं. १२ तर्फका कटान हुनेसक्ने दुई ठाउँमा तत्काल तटबन्धन गर्न लागिएको बताएका छन् ।
    कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नारायणि वलीले स्थानिय जनताले जैविक तटबन्धनका रुपमा रुखहरु रोपिरहेको भएपनि त्यो दिर्घकालिन रुपमा बस्तीलाई सुरक्षित नबनाउने भएकाले तत्काल दुवै तर्फ तटबन्धन गर्न ध्यान दिनुपर्ने बताईन् । साथै उनले एक तर्फ मात्र तटबन्धन गर्दा अर्को भागमा डुडुवाले वर्षेनि कटान गरि रहने भएकाले दुवै तर्फ तटबन्धन नगरे वडा नंं १२ को चप्परगौडिको वस्ती जोखिममा रहेको बताईन् । ‘बस्तीलाई जोखिममा पार्नुहुँदैन्, यसतर्फ नगर विकास समितिको ध्यान जानुपर्छ’ उनले भनिन् ।
    कोहलपुर नगरविकास समितिले एकतर्फि मात्र तटबन्धन गर्न लागेको भन्दै वडा नं. १२ का जनताले विगतदेखि विरोध गर्दै आईरहेका छन् ।

  • २३ माघ २०७६, बिहीबार ०९:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित