मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाढी प्रभावितका लागि बाँकेकाे डुडुवागाउपालिकामा अत्याधुनिक आकस्मिक आश्रय स्थल दुई कराेड लागतमा निमार्ण शुरु
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके), २८ माघ । बाँकेको अति बाढी प्रभावित क्षेत्र डुडुवाको कृषि चौफेरीमा अत्याधुनिक आकस्मिक आश्रयस्थल निमार्णको शुरु भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास आयोजना कार्यन्वयन इकाई नेपालगन्जले अत्याधुनिक आश्रयस्थल निमार्णका लागि जग्गा छनौट गरि अन्तिम नापनक्सा गरिएको छ ।
    डुडुवा गाउँपालिका वार्ड नं. १ को कृषि चौफेरीस्थित आधारभुत विद्यालय नजिकै भवन निमार्णका लागि एैलानी जग्गा छनौट गरिएको गाउँपालिका अध्यक्ष नरेन्दकुमार चौधरीले बताउनुभयो । भवन निमार्ण स्थलमा प्राविधिक टोलीले नापजोख समेत गरिसकेको छ । आकस्मिक आश्रय स्थल भवनमा ठुलो हल, खाद्य सामाग्री व्यवस्थापन गर्ने कोठा, प्रशासनिक कोठा, खानेपानी तथा शौचालयसहितको डेढ तले भवन निमार्ण गरिने इकाई प्रमुख गणेश आचार्यले बताउनुभयो । उहाँका अनुसार भवन निमार्णको टेण्डर भई १५ महिनाभित्र निमार्ण कार्य सम्पन्न गर्ने गरि सम्झौता भईसकेकाले फागुन महिनाको पहिलो हप्तादेखि काम शुरु हुनेछ ।
    रु दुई करोडको लागतमा निमार्ण हुने भवन बनाउने जिम्मा बर्दियास्थित यादव कन्स्ट्रक्सनले पाएको छ । भवन बनेपछि राप्ती नदी सुतिया नालाको विचमा रहेको चौफेरी, छिटाईपुर्वा र पाझा गाउँका करिब २ सय घरधुरी प्रत्यक्ष लाभ लिनेछन । बाँके जिल्ला कै सबै भन्दा बढी प्रभावित क्षेत्र अन्र्तगत रहेका गाउँका बाढीपिडितलाई बाढी, डुबान तथा कटानको बेला आकस्मिक रुपमा आश्रयस्थललाई प्रयोग गर्न सहज हुने गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रमा एकवटा मात्र रहेको सामुदायिक विद्यालयका बालबालिकालाई समेत सहयोग पुग्नेछ ।
    शहरी विकास इकाईले डुडुवा गाउँपालिकाको बाढी प्रभावित क्षेत्र वडा नं. २ मा पनि आकस्मिक आश्रय स्थल निमार्ण गर्ने जनाएको छ । त्यसका लागि जग्गाको खोजी भईरहेको इकाई प्रमुख कर्माचार्यले बताउनुभयो । यो संग गाउँपालिकाले बाढी प्रभावितहरुका लागि ४ वटा आश्रय स्थल निमार्णको कार्य गरिरहेको छ । गतवर्षदेखि निमार्ण थालिएको आश्रय स्थलको पहिलो चरणको निमार्ण कार्यसकिएको छ, भने दोस्रो चरणको निमार्ण कार्य यो वर्ष सम्पन्न हुने गाउँपालिकाका प्राविधिक शाखाका मदनेश्वर झाले बताउनुभयो ।

  • २८ माघ २०७६, मंगलवार १७:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित