मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गुलरियामा मेयर कपका भव्य उद्घाटन
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया माघ २८ । गुलरिया नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा प्रथम मेयर कप मंगलवार भव्य समारोहका विच उद्घाटन भएको छ। माघ २८ गते देखि फाुगन ३ गते सम्म संचालन हुने मेयरकपमा नगरपालिकाका ३ हजार ८६ विध्यार्थी सहभागि हुनेछन् । खेलकुद बिकाश र संरक्षण हाम्रो प्रतिवद्धता भन्ने मूलनाराका साथ संचालित प्रथम मेयरकपमा ४७ वटा बिध्यालयहरु समावेश भएका छन्। उद्घाटन कार्यक्रममा विभिन्न झाकीको साथै बिध्यार्थीहरुले मार्चपास,पीटी प्रदर्शन गरेका छन् । राष्ट्रलाई बिश्वसामु चिनाउनका लागि खेलको महत्तव ठूलो हुनेभएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले उद्घाटन कार्यक्रममा वताएका छन् । आगामी बर्षमा राष्ट्रपति रनिङ्ग शिल्ड तथा प्रथम मेयर कपलाई नगरले पर्वको रुपमानै मनाउने प्रमुख यादवले वताएका छन्। आउने दिनमा खेललाई महत्तवकासाथ राखि नगरपालिकाबाट उचित बजेट छुट्याउने नगर प्रमुख यादवले प्रतिवद्धता समेत गरेका छन्। रनिङ्ग शिल्डकै कारण भाईबहिनीहरुलाई राम्रो खेलाडी बन्ने अवसर मिल्ने गुलरिया नगरपालिकाकी उप—प्रमुख शुसिला गिरीले वताईन्।उनले खेल स्वास्थ्य,शिक्षा र अनुशासन संग जोडिएको हुदा यस्को ठूलो महत्तव रहेको समेत उद्घाटन कार्यक्रममा वताईन्। कार्यक्रममा जिल्लाका आठै स्थानीय तहका जनप्रतिनिधीहरु सहभागिता जर्नाका थिए। मेयरकप संचालनका लागि गुलरिया नगरपालिकाले १९ लाख रुपैया विनियोजन गरेको जानकारी गराएको छ ।

  • २८ माघ २०७६, मंगलवार १९:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित