मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रदेश नं. ५ विविधताले भरिएको छ ः प्रचण्ड
  • मार्गरेखा संवाददाता

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नं. ५ विविधताले भरिएको बताएका छन् । हिमाल, पहाड र तराईलाई प्रदेश नं. ५ ले जोडेको बताउँदै प्रदेश भित्र रहेका विभिन्न धर्म सांस्कृतिको संरक्षण गर्न सबै लाग्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ को प्रदेश संगठनले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी एकताको सबै भन्दा बढि काम प्रदेश नं. ५ मै भएको बताएका छन् । साथै उनले जनताको सुन्दर भविष्य, देशको समृद्वि र समाजवादको लक्ष्य प्राप्ति गर्नका लागि पार्टी एकता गरिएको जानकारी दिँदै पार्टीका नेता तथा जनप्रतिनिधिहरुले जनताको भावनाहरुलाई आत्मासाथ गरी आफ्ना कार्ययोजनाहरु सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । ‘पार्टी एकताले विश्व कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएको छ’ उनले भने ‘विश्व भरीका कम्युनिष्टहरुलाई पार्टी एकताले महत्वपूर्ण सन्देश दिएका बताएको छ ।’
    कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी एकताले कार्यकर्ताहरुमा नयाँ जोश र जाँगर थपिएको बताउँदै नेपाली क्रान्तिको रक्षा गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुमा सकरात्मक सोचको विकास हुन आवश्यक रहेकोमा जोड दिएका छन् । नेकपाका महासचिव विष्णु पौडेलले पार्टी र जनताको भावनात्मक सम्बन्ध बनाउनका लागि सातै प्रदेशमा कार्यक्रमको आयोजना गर्न लागिएको बताउँदै प्रशिक्षण कार्यक्रम पछि जनतालाई पार्टीले अहिले सम्म गरेको कामका बारेमा जानकारी दिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्् ।
    कार्यक्रममा प्रदेश नं. ५ का १२ वटा जिल्लाका नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

  • ४ फाल्गुन २०७६, आईतवार १९:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित