मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

१५ सय मिटर दौडमा गोरखाका सुवाष प्रथम
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा जारी तेस्रो मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिताको छात्र तर्फ १५ सय मिटर दौडमा गोरखा यूनाईटेड स्कुलका छात्र सुवाष बराल प्रथम, निम्बल माविका अनुल गोडिया द्वितीय र बाल विद्या मन्दिर माविका अनिल थापा तृतीय भएका छन् भने छात्रा तर्फ लक्ष्मी माविकी बासना कार्की प्रथम, तक्षशिला एकेडेमीकी दिपशिखा रानाभाट द्वितीय र गोरखा यूनाईटेड पब्लिक स्कुलकी सरस्वती कुमाल तृतीय भएकी छिन् । त्यस्तै जारी प्रतियोगिताको दुई सय मिटर दौडको छात्र तर्फ ग्रिनपिस माविका मो.अमिर अलि अन्सारी प्रथम, जनज्योति पब्लिक माविका सरोज चौधरी द्वितीय र गोरखा यूनाईटेड पब्लिक स्कुलका मनिस बुढा तृतीय भएका छन् छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुलकी निलिमा मल्ल प्रथम, पञ्चमुखी माविकी रेशमी बालमिकी द्वितीय र जनज्योति माविकी अस्मिता खत्री तृतीय भएकी छिन् । त्यसै गरी लङ्गजम्पको छात्र तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुलका आषिश चन्द प्रथम, दिपज्योति विद्याश्रमका बुद्धिराम बस्नेत द्वितीय र त्रिभुवन माविका सहन चन्द्र शाह तृतीय भएका छन् भने छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुलकी निलिमा मल्ल प्रथम, ग्रिनपिस माविकी तुलसा दमाई द्वितीय र त्रिभुवन माविकी निरुता शाही तृतीय भएकी छिन् ।
    साथै हाईजम्पको छात्र तर्फ डाईनामिक ई.मि.स्कुलका गणेश बडुवाल प्रथम, गोरखा यूनाईटेड पब्लिक स्कुलका सुवाष बराल द्वितीय, दिव्य विद्यासदन माविका बन्स कडायत, एभरेष्ट सैनिक माविका विक्रम सुनार र नेरामाविका अम्मर घर्ती मगर तृतीय भएका छन् भने छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुलकी पूर्णिमा खड्का प्रथम, त्रिभुवन माविकी अंकिता थारु द्वितीय र नेरामाविकी सिर्जना थारु तृतीय भएकी छिन् । साथै ट्रिपलजम्पको छात्र तर्फ दिपज्योति विद्याश्रमका बुद्धिराम बस्नेत प्रथम, गोरखा यूनाईटेड पब्लिक स्कुलका आशिष चन्द द्वितीय र नेरामाविका टेक बहादुर खत्री तृतीय भएका छन् भने छात्रा तर्फ त्रिभुवन माविकी निरुता शाही प्रथम, गोरखा यूनाईटेड पब्लिक स्कुलकी ज्योति थापा द्वितीय र साईनिङ्ग स्टार माविकी सृष्टि शाही तृतीय भएकी छिन् । सटपटको छात्र तर्फ त्रिभुवन माविका अम्मर सुनार प्रथम, जनज्योति पब्लिक माविका प्रविन चन्द द्वितीय र ज्ञानज्योति माविका भिम बहादुर सिंह तृतीय भएका छन् भने छात्रा तर्फ त्रिभुवन माविकी नितु सुनार प्रथम, ज्ञानज्योति माविकी सामिना चौधरी द्वितीय र जनज्योति माविकी सुरुती बुढा तृतीय भएकी छिन् । यहि २ गतेबाट सञ्चालनमा आएको तेस्रो मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिताको समापन ६ गते हुने आयोजकले जनाएको छ ।

  • ४ फाल्गुन २०७६, आईतवार १९:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित