मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तक्षशिला एकेडेमीको ११ औं वार्षिक उत्सव सम्पन्न
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमीको ११ औं वार्षिक उत्सव तथा उत्कृष्ट प्रतिभा पहिचान कार्यक्रमको चौथो संस्करण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले संस्थागत विद्यालयको विकास र समृद्विका लागि स्थानिय सरकारले नीतिगत व्यवस्था गरिरहेको जानकारी दिँदै संस्थागत विद्यालयहरुले कोहलपुर क्षेत्रको शैक्षिक विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । साथै उनले विद्यालयहरुले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुपर्ने भन्दै संस्थागत विद्यालयहरुले अब वार्षिक प्रतिवेदन अभिभावकहरुका बिचमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक कमल पछाईले विद्यालयहरुले विद्यार्थीहरुको भावनालाई आत्मासाथ गरी शिक्षण सिकाई प्रक्रियालाई अपनाईरहेको जानकारी दिँदै विश्व परिवेश अनुसारको शिक्षा दिनका लागि विद्यालय विभिन्न प्राविधिक शिक्षामा जोड दिने लक्ष्य लिईरहेको जानकारी दिएका छन् । कार्यक्रममा विद्यालयमा उत्कृष्ट खेलाडि विद्यार्थीका रुपमा दिपशिखा रानाभाटलाई सम्मान गरिएको थियो ।
    साथै उत्कृष्ट प्रतिभा पहिचान अन्तर्गत कक्षा ६ देखि १० सम्मको नृत्यमा यूरिशा गरुङ, गायकमा एलिश थापा, अनुशासनमा मिर्गाक्क्षी राउत तथा कक्षा १ देखि ५ सम्मको नृत्यमा जेनिशा शाही, अनुशासन तर्फ अनिशा यादव उत्कृष्ट भएकी थिईए भने बिटबक्समा यूभान जिसी, वक्तित्वकला र स्कुल भरीकै विलक्षण प्रतिभामा प्रियांका अधिकारी लगायतका अन्य विविधामा उत्कष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
    कार्यक्रममा अभिभावक, संस्थापक, शिक्षक शिक्षिका, कर्मचारी, विद्यार्थी, लगायतको सहभागिता रहेको थियो ।

  • ७ फाल्गुन २०७६, बुधबार १९:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित