मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हाजिरी जवाफ प्रतियोगितामा सूर्योदय मावि प्रथम
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा सूर्योदय मावि चिसापानी प्रथम भएको छ । नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा बाँकेको आयोजना तथा नेपाल जुनियर यूवा रेडक्रस सर्कल तक्षशिला एकेडेमी बाँकेको आतिथ्यतामा सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा बाँकेका उपशाखा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बैजनाथ गाउँपालिकामा रहेको सूर्योदय मावि चिसापानी प्रथम भएको छ । प्रतियोगितमा दिव्य विद्यासदन मावि कोहलपुर द्वितीय र नेपाल राष्ट्रिय मावि खड्कवार तृतीय भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा बाँकेका सभापति नारायण गौडेलले विद्यार्थीहरुलाई पाठ््यक्रमले तोकेको विषय वस्तु भन्दा अन्य विषयहरुको ज्ञान आर्जन गर्नका लागि रेडक्रसले यस्ता कार्यक्रमहरुलाई जोड दिईरहेको जानकारी दिएका छन् । साथै उनले रेडक्रसले आपत विपदमा मात्र नभएर विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि विभिन्न समयमा यस्ता कार्यक्रमहरु आयोजना गरिरहेको जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय भएका विद्यालयहरुले अब जिल्ला स्तरिय हाजिरी जवाफ कार्यक्रमहरु सहभागिता जनाउने नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा बाँकेका कार्यालय प्रमुख लाल बहादुर रानाले जानकारी दिएका छन् । प्रतियोगितामा २३ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

  • ८ फाल्गुन २०७६, बिहीबार १८:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित