मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा सिकलसेल जाँचका लागि ल्याब बन्दै
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुर नगरपालिकाले सिकलसेल एनिमिया रोग सम्बन्धी ल्याब स्थापन गर्नका लागि ३ करोड ३१ लाख १० हजार बजेट पाएको छ । स्वास्थ्य मन्त्रालयको कर्मागत योजना अन्तर्गत विशेष अनुदानमा यो आर्थिक वर्षमा १ करोड १० लाख बजेट प्राप्त गरेको छ । पश्चिम नेपालमा विशेषतः थारु जातिहरुमा वंशाणुगत रुपमा सर्ने रोग सिकलसेल एनिमियाको चेकजाँच गर्नका लागि कोहलपुरमा ल्याब स्थापना हुने भएको छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीको विशेष पहलमा स्वास्थ्य मन्त्रालयले यो आर्थिक वर्षमा १ करोड १० लाख बजेट उपलब्ध गराएको छ । उपप्रमुख चौधरीले सिकलसेल एनिमिया रोगको चेकजाँच गर्ने मेशिन नहुँदा रोगको पहिचान गर्न केहि समस्या भएको हुँदा कोहलपुरमै ल्याब स्थापनाका लागि बजेटको माग गरिएको जानकारी दिँदै केहि सयम भित्रै ल्याब स्थापनाको काम सुरु गरिने जानकारी दिएकी छिन् । कोहलपुर नगरपालिकाले गत वर्ष कोहलपुुर नगर भित्रका विभिन्न विद्यालयहरुमा अध्ययन गरि रहेका थारु सामुदायिका एक हजार तीन सय ५२ जना बालबालिकाहरुको रगत नमूना चेकजाँच गरेको थियो भने चेकजाँचका क्रममा एक सय ३२ जना बालबालिकाहरुमा सिकलसेल एनिमिया रोगको लक्ष्यण देखिएको थियो । थारु जातिको बाहुलिएता रहेको कोहलपुर नगरपालिका भित्रै सिकलसेल एनिमिया चेकजाँचको ल्याब स्थापना भएसँगै सिकलसेल एनिमिया रोग नियन्त्रण गर्न सहज हुने भएको छ ।

    सिकलसेल सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
    बाँकेको कोहलुपरमा सिकलसेल एनिमिया तथा थालेसिमिया रोग सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा सिकलसेल एनिमिया सोसाईटी (स्कास नेपाल) बाँकेको सहकार्यमा सम्पन्न भएको सिकलसेल एनिमिया तथा थालेसिमिया रोग सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै भेरी अञ्चल अस्पताल मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले पश्चिम नेपालमा विशेषतः थारु जातिहरुमा जनस्वाथ्य समस्याका रुपमा रहेको सिकलेसेल एनिमिया सबै समुदायमा देखिएको तर थारु समुदायमा बढी देखिएको बिटा थालेसिमियाबाट धेरै व्यक्तिहरु आक्रान्त भएको बताएका छन् । साथै उनले रोगका कारण बारे थाहा नहुँदा भ्रममा परी झारफुक, गुरुवा तथा अन्य मेडिकल उपचारमा रुमल्लिएर कतिले ज्यान समेत गुमाउनु परेको बताउँदै वंशाणुगत रुपमा लाग्ने यी सबै रोगहरु विवाह पूर्व केहि सावधानी अपनाउन सकेमा पूर्ण रुपमा निर्मूल गर्न सकिने बताए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले स्थानिय सरकारले सिकलसेल एनिमिया रोगलाई नियन्त्रण गर्नका लागि विशेष योजना लिईरहेको जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधारीले थारु समुदायमा देखिएको वंशाणुगत रोग सिकलसेल एनिमिया रोगको पहिचान, नियन्त्रण र उन्मूलनको लागी ल्याब स्थापना गर्नका लागि केन्द्र सरकारबाट बजेट स्वीकृत भएको जानकारी दिँदै केहि समय भित्र कोहलपुरमा ल्याब स्थापना गरिने बताईन् । साथै उनले स्थानिय सरकारले सिकलसेल एनिमिया रोगका बारेमा पाठ्यक्रम बनाएरै विद्यालयमा अध्यपन गराउनुपर्ने आवश्यक रहेको जानकारी दिँदै यसका लागि कोहलपुर नगरपालिकाको शिक्षा शाखासँग सहकार्य गरिने बताईन् । पछिल्लो समय कोहलपुर नगर उपप्रमुख चौधरीको पहलका सिकलसेल रोगलाई नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु भईरहेका छन् । सिकलसेलनक रोग लागे वा नलागेको पहिचान गर्नका लागि कोहलपुर नगरपालिकाका विद्यालय स्तरबाटै थारु समूदायका बालबालिकाहरुको रगत नमूना टेष्ठ गरिरहेकोछ । कार्यक्रममा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

  • १० फाल्गुन २०७६, शनिबार १७:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित