मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्तीसोनारी कांग्रेस सभापतिमा राना
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका सभापतिमा भिमबहादुर राना चयन भएका छन् । शनिबार गाउँपालिकामा भएको स्थानीय संरचना अनुसार सभापति समायोजन कार्यक्रमबाट राना सभापति भएका हुन् ।
    यस्तै शनिबार नेपाली कांग्रेस राप्तीसोनारीस्तरीय भेलाले पुर्व गाविस सभापतिहरुलाई कांग्रेस राप्तीसोनारी गाउँपालिका स्तरीय समिति उपसभापतिमा चयन गरेको छ । यस्तै राप्तीसोनारी वडा नम्बर ८ को सभापतिमा खुमबहादुर बस्नेत चयन भएका छन् । यस्तै राप्तीसोनारी वडा नम्बर ३ मा शंकर महतारा चयन भएका छन् । राप्तीसोनारी वडा नम्बर ६ को वडा सभापति भने समायोजन नभएको र केही समय लाग्ने गाउँपालिका समिति सभापति रानाले जानकारी दिए । उपसभापतिहरुमा श्रीधर उपाध्याय, कान्छा थारु, टिकाराम बस्नेत, बालकृष्ण थारु र दशरथ कुर्मी रहेका छन् । सभापति, उपसभापति समायोजन कार्यक्रममा नेपाली कांग्रेस स्थानीय समायोजन निर्वाचन समितिका प्रतिनिधी ईश्वरीप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला उपसभापति फुलाराम थारु, जिल्ला सचिव तप्तबहादुर पौडेल, क्षेत्र नाम्बर १ सभापति माधवराम खत्री लगायत पार्टीका स्थानीय नेता, कार्यकर्ताको सहभागीता रहेको थियो ।

  • ११ फाल्गुन २०७६, आईतवार १५:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित