मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दादुरा, रुबेला खोप सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा दादुरा, रुबेला खोप अभियान २०७६÷०७७ को नगर स्तरीय खोप समन्वय समितिको लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बाँकेका कार्यालय प्रमुख धिरजंग शाहले बाँके जिल्लामा ५६ हजार दादुरा र ६५ हजार पोलि खोप लगाईने बताएका छन् । साथै उनले बाँके जिल्लामा लगाईने खोपलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिका भित्र दादुरा, रुबेला खोप अभियान सफल बनाउन सबै जनप्रतिनिधिहरु लाग्नुपर्ने भन्दै कोहलपुर नगरपालिका भित्रका सबै बालबालिकाहरुलाई खोप लगाउन निर्देशन समेत दिएका छन् । यो वर्ष कोहलपुर नगरपालिका भित्र ८ हजार २ सय ५३ जनालाई खोप दिईने भएको छ । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य कर्मीहरुको सहभागिता रहेको थियो ।

  • ११ फाल्गुन २०७६, आईतवार १७:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित