मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णाली नदीमा जीप खस्यो, चालक बेपत्ता
  • मार्गरेखा संवाददाता

  • फागुन १३, २०७६ दैलेख : कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ मा मंगलबार बिहान ९ः ३० बजेतिर भएको जीप दुर्घटनामा चालक बेपत्ता भएका छन्। कालिकोटको रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु. १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको हो।  जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु आलियाका अनुसार कर्णाली नदीमा खसेको जीप तानिएको र चालक बेपत्ता रहेकाले मृत्यु भयो या फरार छन् भन्नेबाारे अहिलेसम्म नखुलेको बताए। जीप चालक दैलेखको गुरास गाउँपालिका ४ का १९ वर्षीय चक्रबहादुर खड्का रहेको कालिकोट प्रहरीले जानकारी दिएको छ।

  • १३ फाल्गुन २०७६, मंगलवार १५:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित