मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उपप्रमुख चौधरीद्धारा विद्यार्थीसँग अन्र्तक्रिया अभियानको सञ्चालन
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु चौधरीले नगर भित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुसँग अन्र्तक्रिया कार्यक्रमको अभियान सञ्चालन गरेकी छिन् । विशेष गरी विद्यार्थीहरुको शैक्षिक अवस्था, विद्यालयको भौतिक, शैक्षिक, सामाजिक अवस्था लगायका विषयहरुका बारेमा जानकारी लिनका लागि उपप्रमुख चौधरीले विद्यार्थीसँग अन्र्तक्रिया कार्यक्रमको अभियान सञ्चालन गरेकी छिन् । उपप्रमुख चौधरीले कोहलपुर नगरपालिका वडा नं. १ मा रहेको ज्ञानज्योति मावि कौशिलानगरको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुसँग शुक्रबार अन्र्तक्रिया गरेकी छिन् । सो अवसरमा विद्यार्थीहरुले विद्यालयमा प्राविधिक शिक्षा, शैचालयको उचित व्यवस्थापन, विद्यालयका पक्की भवन, विज्ञान प्रयोगशाला, विभिन्न खेलकुदका प्रशिक्षक नभएको बताएका छन् । विद्यालयकी कक्षा १०मा अध्ययनरत छात्रा कविता रेग्मीले शिक्षक अभावका कारण प्राथमिक तहका शिक्षकहरुले मावि तहमा पढाईरहेकोले शिक्षकको दरबन्दी थप्नुपर्ने र पक्की भवन नहुँदा गर्मिमा समस्या हुने गरेको जानकारी दिईन् । साथै छात्रा भावना थापाले विद्यालयको पर्खाल नहुँदा विभिन्न समस्या आईरहेको र विद्यालयमा क्यान्टिनको व्यवस्थान नहुँदा विद्यार्थी दिनभर भोकै बस्नु परेको जानकारी दिईन् ।
    विद्यार्थीहरुका मागलाई स्थानिय सरकारले सम्बोधन गर्नका लागि गम्भिर भएको उपप्रमुख चौधरीले जानकारी दिएकी छिन् । साथै उनले विद्यार्थीहरु पढाइका लागि मनोवैज्ञानक, सामाजिक, आर्थिक र अन्य विविध कुरामा तयार हुनुपर्नेमा जोड दिँदै आगामि आर्थिक वर्षमा विद्यालयका सम्पूर्ण समस्याहरुलाई मध्यनजर गरी विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिवद्वता जनाएकी छिन् । शिक्षाको अधिकार तिनवटै तहका सरकारलाई संविधानले दिएका कारण शिक्षा क्षेत्रको विकासका लागि तिनवटै तहका सरकारहरु लागि परेको जानकारी दिँदै अब गुणस्तरी शिक्षाका लागि विशेष जोड दिन सबै लाग्नुपर्ने बताईन् । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक एकदेव पन्थीले विद्यालयमा कक्षा ११ र १२को अध्यपानका लागि स्वीकृत नहुँदा विद्यार्थीहरु अन्य विद्यालयहरुमा पढ्न जाँदा धेरै समस्या आईरहेको बताउँदै विद्यलयले वर्तमान समयको माग अनुसारको शिक्षा दिन तयार रहे पनि भौतिक र प्राविधिक रुपमा कमजोर भएको बताएका छन् । समग्र शिक्षाको विकासका लागि राज्यले प्रत्येक विद्यालयहरुको वस्तुगत अवस्था बुझ्न आवश्यक रहेकोमा प्र.अ. पन्थीले जोड दिएका छन् ।
    त्यस्तै उपप्रमुख चौधरीले कोहलपुर नगर भित्रका सबै सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुसँग अन्र्तक्रिया कार्यक्रमको अभियानलाई तिव्रता दिने बताएकी छिन् ।

  • १६ फाल्गुन २०७६, शुक्रबार १५:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित