मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रामजानकी माविको ३५ औं वार्षिक उत्सव सम्पन्न
  • मार्गरेखा संवाददाता

  • कोहलपुर नगरपालिका –१० मा रहेको श्री रामजानकी माविले आफ्नो ३५ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ । विद्यालयले ३५ औं वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीले कोहलपुर क्षेत्रको शैक्षिक विकासको नेतृत्व गरेको विद्यालयका रुपमा रामजानकी माविलाई लिनुपर्ने बताईन् । साथै उनले संस्थागत विद्यालयहरुले पछिल्लो समय गुणस्तरीय शिक्षा सँगै प्राविधिक शिक्षालाई विशेष प्राथमिकता दिनुपर्ने बताईन् । ‘वर्तमान समय विज्ञानको समय हो, त्यस्तैले आजको युगमा प्राविधिक र व्यवसायिक शिक्षामा महत्व छ’ उनले भनिन् ‘संस्थागत विद्यालय तर्फ रामजानकी मावि कोहलपुरको सबै भन्दा पहिलो भएकाले वर्तमान विश्वपरिवेश अनुसारका शिक्षा दिन सक्नुपर्छ, तब मात्र कोहलपुरको शैक्षिक विकासले गति लिन्छ ।’ यसका साथै कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको शैक्षिक विकासका लागि नीतिगत व्यवस्था गर्नका लागि स्थानिय सरकारले विशेष पहल गरीरहेको जानकारी समेत दिएकी छिन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले संस्थागत विद्यालयहरुले वार्षिक उत्सवहरुमा विद्यालयको प्रगति विवरण, आर्थिक विवरण लगायत कार्ययोजनाहरु अभिभावकहरुका बिचमा राख्नुपर्नेमा जोड दिएका छन् । साथै उनले संस्थागत विद्यालयका अभिभावकहरुलाई विद्यालयको सम्पूर्ण कुराहरुमा जानकारी हुन आवश्यक रहेको बताउँदै सबै विद्यालयहरुले आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने अभियान सञ्चालन गर्न राज्यले नीति लिन आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष डा. अर्जुन सिग्देलले विद्यालयले विद्यार्थीको आवश्यक अनुसार शिक्षण प्रक्रियामा परिवर्तन गरिरहेको जानकारी दिँदै स्थापनाकालदेखि हालसम्म शैक्षिक विकास र गुणस्तरीय शिक्षामा उच्च प्राथमिकतामा राख्नुका साथै विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा विद्यालयमा पढाई सँगसँगै अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गरिरहेको जानकारी गराएको छ । कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक दिनेश सिग्देलले बदलिदै समय अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले विभिन्न विधिहरु प्रयोगमा ल्याईरहेको बताएका छन् । सो अवसरमा विद्यालयका पूर्व प्रिन्सिपलहरु यादव प्रसाद सुवेदी, लेक बहादुर क्षेत्री, केशवराज सिग्देललाई सम्मान गरिएको थियो भने विद्यालयमा भएका वर्षभरीका गतिविधिहरुमा उत्कृष्ट स्थापन प्राप्त गरेकालाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • १६ फाल्गुन २०७६, शुक्रबार १६:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित