मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नमूनाले १३ औं वार्षिक उत्सव
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ मा रहेको नमूना विद्या सदन माविले आफ्नो १३ औं वार्षिक उत्सव मनाएको छ । कोहलपुर नगरापलिका वडा नं. ८ का वडा अध्यक्ष रेशम बहादुर खत्रीले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष खत्रीले कोहलपुरको शैक्षिक विकासका लागि संस्थागत विद्यालयहरुले महत्वपूर्ण योगदान दिईरहेको जानकारी दिँदै संस्थागत विद्यालयहरुको विकास र समृद्विका लागि राज्यले नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले विद्यार्थीहरुलाई पाठ्यक्रमले तोकेका विषयवस्तुसँगसँगै अन्य विषयहरुमा पनि ज्ञान दिन आवश्यक रहेको भन्दै विद्यालयले सिर्जनात्मक क्रियाकलापहरुमा विद्यार्थीलाई सहभागि गराउन सुझाव समेत दिएका छन् । कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक शिव प्रसाद डाँगिले विद्यालयले विद्यार्थीहरुको भावनालाई आत्मासाथ गरि शिक्षण सिकाई प्रक्रियालाई अपनाईरहेको जानकारी दिएका छन् । साथै उनले विद्यालयलाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षा दिनका लागि विशेष नीति लिईरहेको जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै नेशलन प्याब्सनका केन्द्रीय सचिव कुशुम रानाभाटले नेपालका संस्थागत विद्यालयहरुको विकास र उन्नतीका लागि राज्यले तयार हुनुपर्ने भन्दै देशको शैक्षिक परिवर्तनमा संस्थागत विद्यालयहरुले पु¥याएको महत्वपूर्ण भूमिकाको राज्यले मूल्याङ्गन गर्नुपर्ने बताएका छन् । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न साँस्कृति कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

  • १६ फाल्गुन २०७६, शुक्रबार १६:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित