मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेविसंघका नेता शाहीद्धारा जन्मदिनको अवसरमा सहयोग
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका यूवा नेता कमल बहादुर शाहीले आफ्नो जन्मदिनको अवसर पारी दृष्टिविहिन बालवालिकालाई सहयोग गरेका छन् । नेविसंघका यूवा नेता शाहीले आफ्नो २६ औं जन्मदिनको अवसर पारी कोहलपुर–१० मा रहेको त्रिभुवन नमूना उच्च माविमा रहेका दृष्टिविहिन वालवालिकाहरुलाई खाद्यान्न तथा शैक्षिक सामग्रीको सहयोग गरेका छन् । उनले चालम, दाल, पिठो, तेल, फलफुल लगायतका सामाग्रीहरु उपलब्ध गराएका हुन । यसका साथै दृष्टिविहिन बालबालिकाहरुको शैक्षिक सामग्री खरीदका लागि विद्यालयकी प्रधानाध्यापक देवका थापालाई नगद रु. १ हजार ५० प्रदान गरेका छन् । जन्मदिनको अवसरमा गरिने अनावश्यक खर्च कटाएर बालबालिकाहरुलाई सहयोग गरेको शाहीले जानकारी दिँदै आगामी दिनमा समेत विद्यालयमा अधययनरत अपाङ्ग बालबालिकाहरुलाई सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । शाहीले विद्यालयका दृष्टिविहिन वालवालिकाहरुसँग जन्मदिन मनाउँदै गर्दा विद्यालयका प्रध्यानाध्यापक देवका थापा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिर बहादुर विष्ट, अपाङ्ग संघ बाँकेका अध्यक्ष केएल राना लगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरु सहभागी भएका थिए ।

  • १६ फाल्गुन २०७६, शुक्रबार १७:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित