मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेविसंघद्वारा कोहलपुरमा आधाघण्टा चक्काजाम
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिले आधा घण्टा चक्काजाम गरेको छ । नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिका सचिव उपेन्द्र विष्टको नेतृत्वमा भएको बिरोध सभामा बोल्दै नेपाल विद्यार्थी संघका नेता यज्ञ बहादुर महाराले वर्तमान सरकारले नेपाली जनतालाई विभिन्न कुरामा अत्याचार गरिरहेको जानकारी दिँदै सरकारका बिरुद्ध नेविसंघ सडकमा आउन बाध्य भएको बताएका छन् । सरकारले विद्यार्थीहरुको पुस्तकमा कर बढाउने निर्णयप्रती नेबिसंघले देशब्यापी आन्दोलन थालेको अवस्थामा केहिदिन अघिमात्रै सरकारले पेट्रोलमा प्रती लिटर १० रुपैयाँ कर बढाएको भन्दै नेता महराले सरकारले तत्काल कर घटाउनुपर्नेमा जोड दिएका छन् । साथै देशमा भइरहेको भ्रष्टाचार र कालोबजारी र न्यायपालिका माथिको हस्तछेप बन्द गर्नुपर्ने भन्दै नेबिसंघले चरणबद्व आन्दालेलनका कार्यक्रमहरु जारी राख्ने नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिका सचिव विष्टले जानकारी दिएका छन् । त्यस्तै सरकारका विरुद्व नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितीले आइतबार बिहान चक्काजाम गरेको छ । सरकारले गरेको निर्णय बिरुद्द नेबिसंघले चरणबद्द आन्दोलनको घोषणा गरेसगै नेबिसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाईले आईत्बार बिहान ९ बजेदेखि ९ः३० सम्म क्याम्पस अगाडी चक्काजाम गर्दै कोणसभा गरेको नेबिसंघ इकाईका सभापति चन्द्र प्रकाश देबकोटाले बताए।

  • १८ फाल्गुन २०७६, आईतवार १५:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित