मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बिदाईको बेला कक्षा १० का बिद्यार्थीले दिएको मन्तव्यले, नमूना विद्या सदन माबिको वातावरण बन्यो भावुक !
  • मार्गरेखा संवाददाता

  • किरण स्वर्णकार बाँके फागुन २६/ कोहलपुरमा रहेको नमुना विद्या सदन माध्यमिक विद्यालय कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीलाई एक भव्य समारोहका बीच विदाई कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार विद्यालयमा आयोजित बिदाई कार्यक्रममा बोल्दै नमूना सदन माध्यामिक विद्यालयका कार्यकारी निर्देशक शिव प्रसाद डाँगीले आगामी दिनमा विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै नजिकै आइरहेको एस.एस.सी. परिक्षामा राम्रो नतिजा ल्याउन समेत शुभकामना व्यक्त गरे । विद्यालयको प्रगतिमा विद्यार्थीको योगदान महत्वपूर्ण हुने भन्दै लगनशिलता र अनुशासनलाई सधैं आत्मसात गर्न निर्देशन दिए ।

     

    त्यस्त्तै कार्यक्रममा कक्षा १० कि छात्रा सितल केसीले लामो समय सम्म विद्यालयमा अध्ययन गर्दा भएका गल्तीहरुलाई आफ्नै छोराछोरी सम्झेर माफ गरिदिन र बाँकी विद्यालयमा अध्ययनरत भाइबहिनीहरुको प्रगतीको शुभकामना समेत व्यक्त गरेकी थिइन् । सितलको स्वागत मन्तव्यले उपस्थिती जनहरुलाई समेत भावुक बनाएको थियो । कार्यक्रममा बोल्दै कक्षा १० का सचिन जिएमले विद्यार्थीहरुले आफुले अध्ययन गरेको विद्यालय छाडेर जानुपर्दाको पल निकै पिडादायिक भएको तर उच्चशिक्षाको लक्ष्य पुरा गर्न जान लागेकोमा मनमा कौतुहलता तथा उत्साह उत्पन्न भएको भाव प्रकट गरेका थिए । कक्षा १० को बिदाई कार्यक्रममा विद्यालयका शिक्षकहरुले आगामी दिनमा बिदाई भएर जाने विद्यार्थीको उज्वल भविष्यको कामना सहित शुभकामना दिए ।

    बिदाई हुने कक्षा १० का विद्यार्थीहरुलाई कक्षा ९ का विद्यार्थीहरुले मायाको चिनो र दोसल्ला लगाएर सम्मान गरेका थिए । नमूना विद्यासदन माध्यामिक विद्यालयबाट बिदाई हुने यो दोश्रो व्याज हो । बिदाई कार्यक्रमपछी संगै मायाको चिनोका लागी तस्विर खिच्दै गर्दा अधिकाश विद्यार्थीहरु निकै भावुक बने । विदाई भएका विद्यार्थीहरुले परिक्षामा राम्रो नतिजा ल्याउने विश्वास समेत व्यक्त गरेका छन् । बिदाई कार्यक्रम कक्षा ९ का छात्र गोविन्द जिसी र अर्चना बानियाले संचालन गरेका थिए ।

  • २६ फाल्गुन २०७६, सोमबार २१:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित