मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्तीसोनारीमा होली पर्व सुनसान, व्यापारीहरु समेत मर्कामा
  • मार्गरेखा संवाददाता

  • किरण स्वर्णकार फागुन २७ बाँके/ हरेक वर्ष उत्साहका साथ मनाइने होलीको रौनकता राप्तीसोनारीका विभिन्न ठाँउहरुमा यस वर्षको होलीमा सुनसान देखियो । विगतका फागु पर्वमा राप्तीसोनारी गाँउपालिका गाउँगाउँमा सामुहिक होेलीका लागि साउन्ड सिस्टम बजेको आवाज सुनिन्थ्यो भने होली खेलेको आवाजले गाउँघर गुञ्जायमान हुन्थ्यो। विभिन्न क्लब, समूह र विद्यालयहरुले गाउँगाउँमा पुगेर होली खेल्ने गर्दथे। फागु पर्वमा गुञ्जायमान गाउँघर यो वर्ष भने सुनसान छन् । कोरोना भाइरसको जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले होली नखेल्न निर्देशन दिएकाले गाउँघर सुनसान भएका हुन्
    ‘विगतका वर्षहरुमा क्लबहरुले, विभिन्न आमा समूहहरुले होलीको आयोजना गर्दथे । तर यो वर्ष राप्तीसोनारीमा होलीको रौनक आएन् । ‘रंग छ्यापेर एक अर्कासँग रमाइलो गर्दै गाउँघर देखी शहर बजारमा खेलिने होलीको सम्झना गर्दै यो वर्ष होली पर्व सकिएको छ । भीडभाड हुने ठाउँमा नजान र होली नखेल्न बाँके प्रहरी र प्रशासनले माइकिङ मार्फत आग्रह गरेपछि होली खेल्नेको संख्यामा कमी आएको थियो । संस्थागत रूपमा होली मिलन कार्यक्रम गर्दै आएका संस्था र संगठनले पनि होली कार्यक्रम नगर्ने भएपछि यस वर्ष राप्तीसोनारीका स्थानिय बजारहरुमा निकै सुनसान भएको राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुगांनाले बताए । होली खेल्नेको संख्यामा कमी आएपछि यस वर्ष होलीको कुनै रौनक नभएको बताए । विगत वर्षहरु हरुमा उत्साहका साथ मनाइने होली पर्व चिनमा फैलिएको कोरोना भाइरसका कारण पनी सडकमा निस्केर होली खेल्नेहरुको संख्या निकै न्युन देखियो चिसो, धुलो, धूवाँ र अविरले रुघाखोकी लाग्ने र भीडभाडमा बस्दा कोरोना भाइरस संक्रमण हुने भएकाले यस वर्ष बाँके राप्तीसोनारी लगायत जिल्लामा हाली खेल्नेको संख्यामा कमी आएको राप्तीसोनारी ४का स्थानिय व्यापारी तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँकेका कोषाअध्यक्ष हुमाशकर ओली बताए । ’कोरोनाका कारण संस्थागत रुपमा खेल्दै आएको होली कार्यक्रम स्थगित हुँदा होलीको रौनकतामा कमी आएको हुन सक्छ,’ उनले भने । शान्ति, सद्भाव र भ्रातृत्वका लागि हरेक वर्ष होली मिलन कार्यक्रम विगतका वर्षहरुमा राप्तीसोनारीमा संघसंस्था समूह क्लवहरुले संचालन गर्दै आएका थिए । खुल्ला रुपमा होली खेल्ने मात्र हैन राप्तीसोनारी गाँउपालिका महेन्द राजमार्गमा गुडने सवारी साधनहरुको चाप पनी निकै कम देखिएको थियो । कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको र छिमेकी मुलुक चीनमा मात्र हजारौं संक्रमित तथा सयौंको ज्यान गइसकेकोले यस वर्ष होली मिलन कार्यक्रम नगर्ने निर्णय गरिएको अधिकाश संगठनहरु प्रेस विज्ञप्ती मार्फत नै जारी गरे ।
                                                                           होलीका सामग्री बिक्री भएनन्
    कोरोना भाइरसका कारण सर्वसाधारणले होली नखेल्ने भए राप्तीसोनारीका ब्यापार, व्यवसायमा पनि असर परेको छ । होलीका अवसरमा बाँकेको राप्तीसोनारी अन्र्तगत अगैया बजार,शम्सेरगंज, बैजापुर,कुसुम ,ढकेरी, चिलरिया,बिनौना,फत्तेपुर लगायतका बजार चोकहरु सुनसान देखिए । होलीमा प्रयोग हुने अविर, रङ, लोला, पिचकारीलगायत होलीमा प्रयोग हुने सामग्री किनमेलमा कमी आएको राप्तीसोनारी फत्तेपुरका स्थानीय व्यापारी आशिष मल्ल बताए । यस वर्ष होलीका सामग्री बिक्रीमा ७०प्रतिशतले कमी भएको स्थानिय व्यापारी बताउछन् । ’यस वर्ष होलीको उत्साह छैन । यसको असर व्यापार, व्यवसायमा पनि परेको राप्तीसोनारी उद्योग वाणिज्य संघका कोषाअध्यक्ष रोशन श्रेष्ठले बताए । उनले भने, ’यस्तो सुनसान अहिलेसम्म कहिलै भएको थिएन ।’

  • २८ फाल्गुन २०७६, बुधबार ०८:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित