मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेविसंघका नेता शाही माथि आक्रमण
  • मार्गरेखा संवाददाता

  • नेपाल विद्यार्थी संघका यूवा नेता कमल बहादुर शाही माथि आक्रमण भएको छ । मंगलबार साँझ कोहलपुर स्थित अर्बन रेष्टुरेण्डमा शाही लगायत उनका बुवा र लोकेश आचार्य माथि आक्रमणको भएको छ । नेविसंघ नेता कमल शाहीका अनुसार छोरीको बर्थ डे मनाउन परिवार सहित रेष्टुरेण्ड पुगेको बेला विपिन शाही ठुकरी, सुमित क्षेत्री र शिशिर गिरी लगायतको टोलि आएर आक्रमण गरेको हुन् । आक्रमणमा परी तिनै जना घाईते भएका छन् । घाईतेको अहिले नेपालगञ्ज मेडिक कलेज शिक्षण अपस्पताल कोहलपुरमा उपचार भईरहेको छ । शाहीको बुवाको आँखा, गाला र ढाँडमा चोट लागेको छ भने नेता आचार्यको टाउँकोमा चोट लागेको छ भने कमल शाही सामान्य घाईते भएका छन् । यो विषयमा जानकारी लिन खोज्दा कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख कुलदिप चन्दको फोन सम्पर्क हुन सकेको छैन् । साथै घट्नामा संग्लनलाई तत्काल कारवाही गर्न नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी ईकाई सभापति राम प्रसाद पाण्डेले माग गरेका छन् । सभापति पाण्डेले सामाजिक सञ्च्चाल माफर्त घटनामा दोषि जोसुकै पनि तत्काल कारवाह गर्न माग गरेको छ ।

  • २८ फाल्गुन २०७६, बुधबार ०९:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित