मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा शिक्षक र लोक सेवाका कक्षा सञ्चालन हुँदै
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा शिक्षकसेवा र लोकसेवाका कक्षाहरु सञ्चालनमा ल्याईएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र एक्सिस एकेडेमिक हब प्रा.लि.को प्राविधिक सहयोगमा शिक्षक सेवा तथा लोक सेवा तयारी कक्षाका लागि उद्घाटन तथा प्रवोधिकरण कार्यक्रम बिहीबार सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले कोहलपुरमा शिक्षक सेवा र लोक सेवाको तयारी गर्नका लागि यस्तो कार्यक्रम सञ्चालनमा ल्याईएको जानकारी दिएका छन् । साथै उनले आर्थिक रुपमा विपन्न वर्गलाई समावेश गर्नका लागि यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जानकारी दिँदै शिक्षक र राष्ट्रसेवक कर्मचारीहरुले देशको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । नगर प्रमुख रावतले कक्षा सञ्चालनले कोहलपुर पनि शिक्षक सेवा र लोकसेवामा अगाडि बढ्ने र रोजगारीको लक्ष्य पूर्ति गर्नमा सहयोग हुने बताएका छन् ।
    कार्यक्रममा बोल्दै एक्सिस एकेडेमिक हब प्रा.लि.का अध्यक्ष शंकर चन्दले कक्षा सञ्चालनलाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गरी यस क्षेत्रका र राजधानिकै दक्ष, अनुभवि, विज्ञ प्रशिक्षकबाट अध्यापन गराउने प्रतिवद्वता जनाएका छन् ।
    कोहलपुर नगरपालिकाका १५ वडाका प्रत्येक वडाबाट शिक्षक सेवाका लागि ३ जना र लोकसेवाका लागि ३ जना गरी विद्यार्थीहरुको छनौट गरिएको एक्सिस एकेडेमिक हब प्रा.लि.का संचालक समितिका सदस्य नवकिरण शाहले जानकारी दिएका छन् । साथै उनले कक्षा सञ्चालनले आयोगको तयारी गरीरहेका विद्यार्थीहरुका लागि विशेष सहयोग पुग्ने उलने बताएका छन् ।

  • २९ फाल्गुन २०७६, बिहीबार २०:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित