मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा पटक पटक सडक अवरुद्व
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा बिहिबार पटक पटक सडक अवरुद्ध भएको छ । बुधबार कोहलपुर नगरपालिका ८ पिपिरीमा भएको सडक दुर्घटनाका पिडितहरुले दोस्रो दिन बिहिबार बिहानबाट कोहलपुर बन्द गराएका थिए । बुधबारको उक्त घटना भएको एक दिन नबित्दै बिहिबार बिहान कोहलपुरमा माईक्रो बस र अटो एकआपसमा ठोक्कीदा बैजनाथ गाँउपालिका २ मकैबारीका ४० वर्षिय जय बहादुर रोकाको पनि मृत्यु भएको थियो । मृतक थारु र रोकाका आफन्तहरुले कोहलपुरमा सडक पटक पटक सडक बन्द गरेका थिए । बिहीबार बिहान बस र अटो एकआपसमा ठोक्कीदा निधन भएका रोकाका आफन्तले कोहलपुर चौराह, पूर्व पश्चिम राजमार्ग बिहान बन्द गरे । दिउँसो बुधबार टिप्परको ठक्करबाट कोहलपुर नगरपालिका वडा नं. ९ की रामपती थारुको मृत्यु भएको थियो । घटनापछि आक्रोशित स्थानियले कोहलपुर–नेपालगन्ज सडकखण्ड बन्द गराएका थिए । टिप्पर धनीलाई बिहिबार बिहानसम्म ईलाका प्रहरी कार्यालय कोहलपुर झिकाउने सहमती भएपछि बुधबारको बन्द स्थगित भएको थियो । यद्यपी सहमती अनुसार टिप्पर धनी उपस्थित नभएको भन्दै पिडित पक्षले बिहिबार दिउँसो पुनः कोहलपुर–नेपालगन्ज सडकखण्ड अवरुद्ध पारेका थिए । यता बिहिबार बिहान कोहलपुरमा भएको सडक दुर्घटनाका पिडितहरुले उचित क्षतिपूर्तिको माग पुरा नगरेको भन्दै बैजनाथ गाउँपालिका १ च्यामामा चक्काजाम गरेको थिए । पीडित पक्षहरुले बीच सडकमा अटो रिक्सा तेर्साएर विरोध गरिरहेका हुन् । दिउँसो ३ बजेदेखि बन्द गरेको सुर्खेत–कोहलपुर सडक खण्डको च्यामामा साँझ ६ बजे मात्र सडक खुलेको थियो । साथै मृतक रोकाका आफन्तले आफ्ना माग पुरा नगरे आन्दोलन जारी राख्ने भन्दै बिहीबारको विरोधलाई स्थगित गरेका छन् ।
    प्रहरीको प्रयास
    बुधबार र बिहीबार कोहलपुर भएका दुई वटा दुर्घटना पछि उत्पन्न भएको विवादलाई सामाधान गर्न प्रहरी केहि सम्म सफल भएको छ भने केहि असफल भएको छ । ईलाका प्रहरी कार्यालय प्रहरी प्रमुख कुलदिप चन्दले पिपिरीमा भएको घटनालाई बिहीबारसम्म सामाधान गर्नका लागि सवारी धनि र पीडित पक्षबिच सहमति गराउने प्रतिवद्वता जनाएपछि बुधबार बन्द गरिएको सडक खुलेको थियो । तर प्रहरी प्रमुख चन्दले आफ्नो बाचा पुरा नगरेको भन्दै पीडितहरुले पुन बिहीबार कोहलपुर–नेपालगञ्ज सडकखण्ड शान्तिपूर्ण तरिकाले बन्द गरे । बिहीबार कोहलपुरमा भएको घटनाका सम्बन्धमा प्रहरीले माईक्रो बसको समिति र पीडित पक्षबिच सहमति गराउने प्रयास ग¥यो तर सफल हुन भने सकेन् । दुवै घटनामा कोहलपुर प्रहरीले गम्भिर भएर लाग्यो र कोहलपुरको आन्दोलनलाई अप्रिय घटनाबाट जोगाउन सफल बन्यो भने पीडित पक्षले आफ्ना मागलाई गम्भिर भएर प्रहरीले नलिएको आरोप लगाएका छन् ।
    सवारी दुर्घटना बारे सांसद अथकद्धारा सरोकारवाला लाई ध्यानाकर्षण
    बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले बाँकेमा दिनहु जसो भइरहेको सवारी दुर्घटनाका बारेमा सम्बन्धित सरोकारवालाको ध्यान आकर्षण गराएका छन । उनले बिहिबार प्रतिनिधि शभाको बैठकमा बोल्दै सवारी दुर्घटना रोक्न प्रतिनिधिसभा मार्फत सरोकारवालाको ध्यान आकर्षण गराएका हुन । प्रतिनिधिसभाको बैठकमा बोल्दै साँसद अथकले यहि फागुन २७ गते देखि २९ गते सम्म ३ दिनमा ५ जनाको मृत्यु भएको भन्दै गम्भिर बन्न अनुरोध गरेका छन । ससद अथकले बाँकेको अगैयामा बिष्णु बेल्बासे, बैजनाथमा दिल बहादुर पुन ,कोहलपुरको पिपरीमा रामपति थारु, कोहलपुरको बसपार्क नजिक जय बहादुर रोका र जानकीमा ठाकुर खटिकको ज्यान गएको भन्दै मृतक प्रति श्रद्दान्जली र परिवारमा समबेदना प्रकट गर्दै मृतकका परिवार लाइ उचित राहत र क्षेतिपुर्ती सहित घाइतेहरु लाइ उपचारको माग गरेका छन । उनले सभामा बोल्दै ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायले समयमै ध्यान नदिए सवारी दुर्घटनाले भयानक रुपलिने जनाउँदै आफुले यथाशक्य रोकथामका लागि पहल गर्न आग्रह गरेको जनाएका छन ।

  • २९ फाल्गुन २०७६, बिहीबार २०:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित