मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर उद्योग वाणिज्य संघको प्रजातान्त्रिक प्यानलबाट उम्मेदारीको टुङ्गो
  • मार्गरेखा संवाददाता

  • सम्राट मगर बाँके /२०७६ चैत्र २ कोहलपुर उद्योग वाणिज्य संघको २०७७ बैशाख २७ गते १० औँ साधारण सभा हुने भएको छ । कोहलपुर उद्योग वाणिज्य संघको कार्यसमितीको बैठकले साधारण सभाको मिति तोकेसंगै कोहलपुरको चुनावी गर्मी बिस्तारै बिस्तारै बढदै गहिरहेको छ ।
    प्रजातान्त्रिक प्यानलबाट बैशाख २७ हुने साधारण सभाका आफ्ना पदाधिकारीहरुको उम्मेदारीहरु घोषणा गरेको छ । अध्यक्ष पदका लागि लक्ष्मण राज पौडेल,वरिष्ठ उपाध्यक्षमा प्रदिप भटराई,महासचिवमा देवानन्द्र अर्याल, उद्योग तर्फका उपाध्यक्ष चन्डी प्रसाद गैरे ,वाणिज्य तर्फ उपाध्यक्ष संगिता सुवेदी,उपमहासचिवमा दिपक भण्डारी कोषाअध्यक्षमा सिता कार्की लाई उम्मेदारी घोषणा गरिसकेको छ । उद्योग वाणिज्य संघको कार्य समितीमा २५ सदस्य रहने व्यवस्था रहेको छ । तर प्रजातान्त्रिक प्यानलबाट ७ जनाको उम्मेदारी टुङ्गो लगाइसकेको र बाँकी पदाधिकारीहरुको टुङ्गो केही दिनमै लगाइने प्रजातान्त्रिक प्यानल का संयोजक एव कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । यसभन्दा पहिलेको कार्यकालमा पनी चुनावी मैदानबाट नै प्रजातान्त्रिक प्यानलबाट अध्यक्ष चक्र अधिकारी बिजय भएका थिए । उद्योग वाणिज्य संघ का पदाधिकारीहरुको ३ वर्षे कार्यकाल रहने व्यवस्था रहेको छ भने प्रजातान्त्रिक उद्योग ब्याबसायी संघ कोहलपुर नगर समितीको संयोजकमा मातृका सापकोटा सर्बसम्मतबाट चयन भएका छन् ।

  • २ चैत्र २०७६, आईतवार १६:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित