मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्षका दाबेदार पौडेल को हुन ?
  • मार्गरेखा संवाददाता

  • समिक्षा शाही बाँके   २०७६ चैत्र ३/ २०३५ सालमा बर्दियाको सितापुर हालको बडैयाताल गाँउपालिका वडा नं. २ मा जन्मेका लक्ष्मण राज पौडेल एक सफल व्यवसायी हुन । शिक्षा संकायबाट स्नातक तह उत्र्तिण गरेका पौडेल लामो समयदेखी व्यापार व्यवसायमा आवद्ध छन् । कोहलपुर नगरपालिका वडा नं. ११ मा बसोबास गर्दै आएका पौडेल २०६१ सालदेखी बाँकेको कोहलपुरमा बाल्यकालदेखी नै सामाजिक क्षेत्र संगै विभिन्न क्षेत्रमा योगदान गर्दै आएका छन् । कोहलपुर उद्योग वाणिज्य संघमा २ पटक सम्म उपमहासचिवको जिम्मेवारी समालेका पौडेल कोहलपुर उद्योग वाणिज्य संघको प्रजातान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदका लागी उम्मेदार दिने भएका छन् । बाँकेको कोहलपुरमा हाडवर्यर व्यवसाय संगै ५ करोडको लगानीमा मेटर एण्ड प्लाष्टिक इन्डष्ट्रिज उत्पादन कम्पनी समेत संचालन गरेका छन् । रोजगारीबाट बञ्चित भएका युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्न कम्पनीको स्थापना गरिएको उनको भनाई छ ।
    कोहलपुरका लागि सबै व्यवसायीको परिचित व्यक्ति पौडेल सबैको लोकप्रिय व्यक्ति हुन । तथापी यती बेला उनले आफनो वास्तविक योग्यता प्रस्तुत गर्ने स्थान र भूमिका खोजीरहेका छन् । निडर र हकी स्वभावका पौडेल स्पष्ट वक्ता, सामाजिक क्षेत्रमा निरन्तर योगदान पु¥याएकै कारण अधिकाशं व्यवसायहरुले अध्यक्ष पदमा उम्मेदार दिन अनुरोध समेत गरेका छन् । तर पनि उद्योगी व्यवसायीको हकहित र सवालमा सदैव लडीरहने व्यक्तित्व मात्र हैन, सिंगो एउटा नेतृत्व हो । बैशाख २७ गते हुने कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहका अध्यक्ष पदका उम्मेदवार बन्न लागेका हुन ।
    अध्यक्षमै तपाईको उम्मेदारी किन भन्ने प्रश्नमा पनि पौडेलेको सटीक जवाफ छ,व्यवसायीक सुरक्षा, हकहित र संघको संस्थागत विकास गर्न । अध्यक्ष भइसकेपछि गर्न सकिने महत्वपूर्ण कार्यबारे पनि उनले प्रष्टयाएका छन् संघलाई समयानुकल साझा संस्था बनाउने छु । उद्योगी–व्यवसायीहरूका लागि ल्याइएका नयाँ नीति, नियम, कानुन सच्याउन सशक्त पहल गर्नेछु । स्थानीय उपभोक्ता जागरण, वजार प्रवद्र्धन गर्न नसकेको विगतको इतिहासलाई मेटाउन आफुले विशेष पहल गर्ने पौडेलको तर्क छ । कोहलपुरमा व्यवसाय फस्टायमात्र उद्योगी व्यवसायीहरुको लगानी सुरक्षित हुने उनको भनाई छ । लगानीमैत्री र उद्योगमैत्री वातावरण बनाउने जिम्मेवारी सरकारको भएपनि संघका तर्फबाट पहल गर्न कुनै कन्जुस्याइ नगरिने पनि उनले धारणा व्यक्त गरे ।

  • ३ चैत्र २०७६, सोमबार १८:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित