मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्तीसोनारीमा १५ हजार भेडा बाख्रालाई पीपीआर खोप लगाइयो
  • मार्गरेखा संवाददाता

  • समिक्षा शाही बाँके चैत्र ५/ बाँकेको राप्तीसोनारीका गाउँपालिका को ९ वटै वडाहरुमा पीपीआर विरुद्ध खोप कार्यक्रम सञ्चालन भइरहेको छ । पशु चाँपायाहरुमा महामारी फैलिन नदिन नगरपालिका सबै वडाहरुमा चैत्र १ गतेदेखि नै खोप कार्यक्रकम सञ्चालन गरिरहेको छ । नगर पुश सेवा शाखाको आयोजनामा गाउँपालिकाले ९ वटै वडाका करिब १५ हजार बढी भेडा बाख्राहरुलाई पीपीआर विरुद्धको खोप लगाइएको छ । राप्तीसोनारकिा ९वटै वडाका प्रत्यक टोलमा १५ हजार बढी पीपीआर विरुद्ध खोप कार्यक्रममा भेडा बाख्राहरुलाई पीपीआर विरुद्धको खोप लगाइएको राप्तीसोनारी पशु सेवा शाखा प्रमुख जय बहादुर कार्कीले जानकारी दिए । यस्तै पीपीआर विरुद्ध खोप कार्यक्रम सञ्चालनमा राप्तीसोनारी १ वडामा २ हजार, वडा नं. ३ र ४ २ हजार, वडा नं. ५ मा २ हजार वडा नं. ६ र ७ मा ३ हजार भेडा बाख्राहरुलाई पीपीआर विरुद्धको खोप लगाइएको पशु सेवा शाखा प्रमुख कार्कीले बताए । उनका अनुसार वडा नं. २, ८ र ९ मा ५ हजार भेडा बाख्राहरुलाई पीपीआर विरुद्धको खोप लगाइएको छ । पशु सेवा शाखा प्रमुख कार्कीका अनुसार फागुन २९ गतेबाट राप्तीसोनारीका ९ वटै बाट पीपीआर विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको थियो । राष्ट्रिय पीपीआर कार्यक्रम केन्द्रको सहयोग र राप्तीसोनारी गाउँपालिका पशु सेवा शाखा आयोजनामा पीपीआर विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको थियो । खोप लगाई सकिएको वडाहरुमा मंगलबार अनुगमन गरिएको छ । त्यसपछि आगामी चैत्र ६ गते देखि भ्यागुते र चरचरेको खोप कार्यक्रम सञ्चालन गरिने कार्यतालिका रहेको छ ।

  • ५ चैत्र २०७६, बुधबार ०९:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित