मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सहकारीले स्वरोजगार बन्दै राप्तीसोनारीका महिला
  • मार्गरेखा संवाददाता

  • सम्राट मगर बाँके २०७६ चैत्र ५ महिलाले नेतृत्व गरेको महिला सहकारी संस्थाका कारण बाँके राप्तीसोनारी गाउँपालिका महिला स्वरोजगार बन्दै गएका छन् । राप्तीसोनारीमा खुलेका सहकारी संस्था पछिल्लो समय महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्राय महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले आफ्नो परिवारका लागि रकम जम्मा गर्न थालेका छन् । सहकारी संस्थाका कारण राप्तीसोनारी अधिकांश महिला पछिल्लो समय बेफुर्स्दिला समेत हुन थालेका छन् ।
    महिलाको लगनशीलता तथा मेहनतका कारण सहकारी क्रमिक रुपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण दजनौँ स्थानीय महिलाले गाउँमै रोजगारीसमेत पाएको राप्तीसोनारी गाउँपालिका वडा नं ८ का खुम बहादुर बस्नेतले बताए । विसं २०६८ सालमा महिलाले परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्था राप्तीसोनारी ७ मा स्थापना गरेका थिए । हाल उक्त सरकारी संस्थामा राप्तीसोनारी ७ का मात्रै कम्तीमा पनि ९सय महिला आबद्ध छन् । महिला मात्र आबद्ध रहेको उक्त सहकारी संस्थाले २ करोड भन्दा बढि पुँजी भएको उक्त सहकारी संस्थाकी अध्यक्ष सुनिता खाण ठकुरीले बताइन् । सहकारी संस्थाले छोटो समयमा नै आफ्नो १ वटा सुविधा सम्पन्न भवन निर्माण गरेको अध्यक्ष ठकुरीले बताइन् । त्यस्तै सुनकोशी सामाजिक उद्यमी महिला सहकारी संस्था लि. राप्तीसोनारी गाँउपालिका ४ मा ५७४ जना महिला शेयर सदस्य आबद्ध छन् ।२०७० सालमा ५४ जना महिला शेयर सदस्यबाट शुरुवात भएको सहकारीमा अहिले कुल १ करोड २० लाख बढि पुँजी रहेको सहकारी संस्थाकी व्यवस्थापक दिपा पुन मगरले बताइन् । राप्तीसोनारी गाँउपालिकामा दर्जनौ सहकारी संस्था पनि महिलाले नै शुरु गरेका हुन् । गाँउपालिकामा महिलाद्वारा खोलिएका सहकारी संस्थामार्फत महिला सशक्तीकरणका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको राप्तीसोनारी ५ का वडा अध्यक्ष झगरु थारुmले बताए । ‘राप्तीसोनारीमा सहकारी संस्था स्थापना भएका कारण विपन्न तथा नागरिकको साथी सहकारी भएको राप्तीसोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारुले बताए । सहकारी सम्बन्धी हेर्ने छुट्टै कर्मचारी नहुँदा सहकारीको नियमित अनुगमनको काम प्रभावकारी हुन नसकेको गाँउपालिका अध्यक्ष थारुले     बताए ।

  • ५ चैत्र २०७६, बुधबार २१:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित